वीरेन्द्रनगरका गल्लीका पसल फोडेर सामान चोरी गरेको आरोपमा युवक पक्राउ

सदरलाइन संवाददाता २२ चैत्र २०७८, मंगलवार १९:२६
 

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरीका विभिन्न सामान र नगदसहित एक जनालाई पक्राउ गरेको छ।

वीरेन्द्रनगरको बजार क्षेत्रका गल्लीमा पसेर पसलहरूका ताला फोडेर सामान चोरी गर्ने वीरेन्द्रनगर–३ का २८ वर्षीय हिमाल शाहीलाई मंगलबार पक्राउ गरिएको हो।

गल्लीमा रहेका विभिन्न पसलहरूको ताला तोडी पसलहरू चोरी गरी हिँडिरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए।


उनलाई नियन्त्रणमा लिएर चेक गर्दा चोरी भएका सामानहरू र नगदसमेत बरामद गरिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए। पक्राउ परेका युवकको साथबाट १२ हजार ४ सय ५५ रुपैयाँ नेपाली र ५ हजार ३३० रुपैयाँ भारु फेला परेको छ।

यस्तै, बच्चाको लागि तयार पारिएका पाँच थान चाँदीको बाला, १ थान ब्रास्लेट, ४ थान सिक्री, विभिन्न डिजाइनका कपडाहरू पनि उनको साथबाट बरामद गरिएको छ। एक थान रेड्मी मोबाइल र सटर तोड्न प्रयोग गरिएको रड पनि बरामद गरिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए।

पक्राउ परेका शाहीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धानको काम भइरहेको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जमिनको बिवादमा धारिलो हतियार प्रयोग गरी कुटपिट ४ घाइते

२२ चैत्र २०७८, मंगलवार १९:२६
डुडुवा (बाँके) :  बाँकेको डुडुवा–६ मंग्तानडेरामा कुटपिट हुँदा ४ जना घाइते भएका छन् । जमिनको विषयमा विवाद हुँदा शोभाराम माहुत, मुन्ना माहुत र फेकु माहुतको समुहले नेपालगञ्ज र कोहलपुरबाट आफन्त बोलाई स्थानीय मुलचन्द माहुत, खेलावन माहुत, शनिराम माहुत र बहुर माहुत माथि आक्रमण गरी घाइते बनाएका हुन । बिहान करिव […]