प्रहरी हिरासतमा युवक मृत भेटिए

सदरलाइन संवाददाता २५ आश्विन २०७८, सोमबार १५:५६
 

धनगढी : कैलालीमा प्रहरीको हिरासतमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षभित्र रहेको शौचालयको भेन्टिलेटरको सरियामा सुर्खेतको चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय धनबहादुर राना झुण्डिएको अवस्थामा मृत फेला परेको जिप्रका कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। विष्टका अनुसार भैँसी चोरीको आरोप लागेपछि प्रहरीले सोधपुछका लागि उनलाई पक्राउ गरेको थियो ।


कैलालीको जानकी गाउँपालिका–१ तोरैयापुरका पुलुराम थारूको भैँसी चोरी भएको थियो। खोजतलास गर्दै जाँदा लम्कीचुहा नगरपालिका–५ थापापुरस्थित झोलुङ्गे पुल नजिक भैँसीसहित रानालाई भैँसीधनीले फेला पारी प्रहरीलाई खबर गरेका थिए ।

उनी सोमवार बिहान हिरासत कक्षमा रहेको शौचालयको भेन्टिलेसनको सरियामा गन्जीको डोरी बनाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कास्कीको घान्द्रुकमा जीप दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु

२५ आश्विन २०७८, सोमबार १५:५६
कास्की : कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो । जीपमा चालक खुशीमान क्षेत्रीसहित १० जना यात्रु सवार थिए । तीमध्ये एक जनाको जीवितै उद्धार गरिएको स्थानीयले बताएका […]