नसर्ने रोगका बारेमा स्वास्थ्यकर्मीलाई अनुशिक्षण

२७ असार २०७६, शुक्रबार १९:२१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : मधुमेह, दम, उच्च रक्तचाप र क्यान्सर जस्ता नसर्ने रोगहरुको बारेमा हरेक नागरिकमा जनचेतना जगाउन र नियमित स्वास्थ चेकजाँच गर्न उत्प्रेरित गर्नको लागि जिल्लाका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिन सुरु गरिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेको आयोजना, स्वास्थ्य विभाग ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा नेपालगन्जमा चार दिनको तालिमको आयोजना गरिएको स्वास्थ्य विभाग ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका प्रशिक्षक डा अनिल केसीले जानकारी दिए ।
उनले पछिल्लो समयमा नसर्ने रोगका विरामीको संख्या दिनानुदिन बढ्दै गएको र उपचारको लागि स्वास्थ्य संस्थामा आउने यस्ता विरामी अत्यन्तै क्रिटिकल अवस्थामा रहेको पाईएको कारण विरामीलाई उपचारका साथै उनीहरुलाई रोग नै लाग्न नदिने लक्षका साथ ७७ वटै जिल्ला स्वास्थ्य चौकी तथा प्राथामिक स्वास्थ्य उपचार केन्द्रबाट यस्ता विरामीको उपचार सुरु गर्ने लक्ष रहे पनि यस आर्थिक वर्षमा भने ३० वटा जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम दिने कार्यक्रम रहेको बताए ।
उनले तालिमको मुख्य उद्देश्य नसर्ने रोगको बोरमा जनचेतना स्थानीय स्वास्थ्य संस्थाबाटै सेवाग्राहिलाई पुगोस भन्ने अभिप्राय रहेको बताए । सो तालिममा भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. खगेन्द्र जंग शाही, डा. केसी, जिल्ला जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दलगायतले सहजिकरण गरि रहेका छन् ।

Next Post

‘काँग्रेस नेतृत्वलाई प्रक्रियाअनुसार चल्न दबाव दिनुपर्ने’

२७ असार २०७६, शुक्रबार १९:२१
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका महासचिव भुपेन्द्रजगं शाहीले संगठनमा आवद्ध युवाहरु सक्रिय भएर नेतृत्वलाई विधान र प्रक्रियाअनुसार चल्न दवाव दिने समय आएको बताएका छन् । तरुण दल बाँकेका कार्यकर्ताहरु सँग शनिवार नेपालगञ्जमा छलफल गर्दै उनले यस्तो बताएका हुन् । कार्यकाल सकिनै लाग्दा जिल्ला दौडाहामा रहेका […]