दशैँको मुखैमा नगरपालिकाद्वारा बजार अनुगमन

२६ आश्विन २०७५, शुक्रबार १४:५७
 

सदरलाइनडटकम,
रुकुम : हिन्दुहरुको महान पर्व दशैंको मुखैमा कालो बजारीलाई रोक्न रुकमको मुसीकोट नगरपालिकाले बजारमा अनुगमन गरेको छ । नगरपालिकाले खलंगा बजारका खाद्य तथा किराना एवं एग्रोभेट र मासु पसलको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा कतिपय पसलमा अखाद्य वस्तु तथा म्याद गुज्रिएका सामानसमेत भेटिएको थियो । अधिकांश पसलमा मूल्यसुची नराखिएको, सरसफाइलाई ध्यान नदिइएको र दर्ता नगरेरसमेत पसल सञ्चालन गरेको पाइएको नगरपालिकाले जनाएको छ ।
अनुगमनका क्रममा नियमविपरीत सञ्चालनमा रहेका पसललाई मापदण्ड पूरा गरेर नगरपालिकामा व्यवसाय सूचीकृत गर्न निर्देशन दिईको नगरपालिकाकी उपमेयर एवं अनुगमन टोलीकी संयोजक प्रेमकुमारी सुनारले बताइन् ।
उनका अनुसार व्यापारी तथा उपभोक्तामा सचेतना नहुँदा बजारमा ठूलो मात्रामा म्याद नघिएका सामान बिक्री वितरण भइरहेका छन् । अनुगमनको पहिलो चरणमा सचेतनासहित सानोतिनो म्याद गएको मात्र सरसमान बरामद गरिएको र आगामी दिनमा पुनः त्यस्तो पाइएमा कडा कारबाहीसहित सबै सामान जफत गरिने उनले बताइन् ।

Next Post

चाइनिज पेस्तोलसहित रौतहटमा ६ जना पक्राउ

२६ आश्विन २०७५, शुक्रबार १४:५७
सदरलाइनडटकम, रौतहट : आधुनिक हतियारसहित शुक्रवार रौतहटमा ६ जना पक्राउ परेका छन् । चाइनिज पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित चार भारतीय र दुई नेपाली पक्राउ परेका हुन् । चाडपर्व सुरक्षा गस्ती टोलीले भारतको सीमावर्ती क्षेत्रबाट बिहीवार राति एक बजे चार भारतीय र दुई नेपालीलाई मेड इन चाइना लेखेको अटोमेटिक पेस्तोल तथा […]