बाँकेमा २३ गतेदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

सदरलाइन संवाददाता २१ चैत्र २०७८, सोमबार १५:१९
 

नेपालगञ्ज : बाँकेमा एक लाख बढी बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । बाँकेमा यही २३ गतेदेखि १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले सोमवार नेपालगञ्जमा जिल्ला खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीलाई आयोजना गरेको अभिमुखिकरणमा एक लाख १५ हजार दुई सय बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालयका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

जिल्ला खोप समन्वय समितिका संयोजक अजय श्रीवास्तवको सभापतित्वमा भएको अभिमुखिकरण कार्यक्रममा खोप फोकलपर्सन श्रेष्ठले विद्यालयमै बालबालिकालाई खोप लगाउन लागिएको छ । उनका अनुसार दुई सय बढी विद्यार्थी भएका विद्यालयलाई खोप केन्द्र बनाइएको छ ।


अभिमुखिकरणमा वरिष्ठ बालरोग विशेषज्ञ डा विनोद खेतानले दूषित पानी र प्रदूषित खाद्य पदार्थको सेवनबाट यो रोग सर्ने भएकाले टाइफाइडबाट जोगिन ढुक्क भएर खोप लगाउन आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्य कार्यायल बाँकेका प्रमुख धीरजंग शाहले बाँके पूर्णखोप जिल्ला घोषित भइसकेकाले खोपको दीगोपनाका लागि यो अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले खोप अभियानमा सहभागी हुन आव्हान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर

२१ चैत्र २०७८, सोमबार १५:१९
नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकाले सोमवारदेखि जेष्ठ नागरिकका लागि हरेक वडामा निःशुल्क स्वास्थ्य शिविर शुरु गरेको छ । जेष्ठ नागरिकका लागि विशेषज्ञ तथा ल्याव सहितको निःशुल्क स्वास्थ्य शिविर शुरु गरिएको स्वास्थ्य शाखा खजुराका प्रमुख सुदिप पौडेलले जानकारी दिए । पहिलो दिन सोमवार वडा नम्बर २ सितापुर स्वास्थ्य चौकीमा निःशूल्क स्वास्थ्य […]

सम्बन्धित