कोरोनाबाट मृत्यु भएका घलेको अन्त्येष्टी

; २२ भाद्र २०७७, सोमबार १६:०८
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट मृत्यु भएका नेपालगञ्ज उपमहानरपालिकाका कर्मचारी युवराजबिक्रम घलेको सोमवार अन्त्येष्टी गरिएको छ । ५९ वर्षीय घलेको बाँकेको राप्ती नदीस्थित सिधनियाँ घाटमा हिन्दु संस्कारअनुसार अन्त्येष्टी गरिएको हो ।

नेपाली सेनाको सलामीसहित घलेको अन्त्येष्टी गरिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । नेपालगञ्ज वडा नं. ९ का घलेको आइतवार राती साढे ८ बजे मृत्यु भएको थियो ।


घलेलाई भदौ १५ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । भदौ १८ गते भर्ना भएका घलेलाई मुटुको रक्त नलि बन्द हुने समस्या भएको श्रेष्ठले जारी गरेको प्रेस नोटमा उल्लेख छ । योसँगै बाँकेमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

Next Post

भेरीको परीक्षणमा तेह्र जनामा कोरोना पुष्टि

२२ भाद्र २०७७, सोमबार १६:०८
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालले सोमवार जारी गरेको सूचनाअनुसार बाँकेमा ५, बर्दियामा ७ र सुर्खेतका १ जनामा कोरोना संक्रण पुष्टि भएको हो । ३ सय ५० जनामा गरिएको परीक्षणमा १३ जनामा कोरोना देखिएको भेरी […]