लागुऔषधसहित बाँकेमा एकजना पक्राउ

सदरलाइन संवाददाता १९ चैत्र २०७८, शनिबार १७:१८
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहाबाट प्रतिबन्धित लागुऔषधसहित एकजना पक्राउ परेका छन् । नलघाट नगरपालिका ५ दल्ली बस्ने २३ वर्षीय विशाल नाथ योगीलाई आज दिउँसो पक्राउ गरिएको जमुनाहा प्रहरी इन्चार्ज मीनबहादुर विष्टले जानकारी दिए ।


योगीको गतविधि शंकास्पद लागेपछि प्रहरीले खानतलासी गर्दा उनको साथबाट ४२ ट्याब्लेट नाइट्रोभ्याट र ३८ ट्याब्लेट ट्रामाडोल फेला परेको विष्टले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शनिवार बाँकेका अधिकाँश पेट्रोल पम्पहरु बन्द

१९ चैत्र २०७८, शनिबार १७:१८
नेपालगञ्ज : नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीहरूले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेपछि त्यसको प्रभाव बाँकेमा पनि परेको छ । शनिवार बाँकेका अधिकांश पेट्रोल पम्पहरु बन्द भएका छन् । व्यवसायीहरुले भारतबाट पेट्रोलियम पदार्थ आयात नहुँदा पम्पहरु बन्द गरेको दावी गरेका छन् । तर भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची […]