झरीका कारण भएको क्षेतिको माग गर्दै एमाले कोहलपुरद्वारा नगरपालिकामा ज्ञापन

सदरलाइन संवाददाता २१ माघ २०७८, शुक्रबार १९:०४
 


कोहलपुर (बाँके) :  माघ १९ गतेदेखि अबिरल रुपमा परेको असिना पानीसहितको झरीका कारणले किसानले लगाएको हिउँदेवाली, फलफूल तथा तरकारी खेती पुर्ण रुपमा नष्ट भएकोले उचित क्षेतीपूर्तीको माग गर्दै नेकपा एमाले कोहलपुर नगर कमिटीले कोहलपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

एमाले कोहलपुर नगर अध्यक्ष खिलप्रसाद भुसाल र अखिल नेपाल किसान संघ कोहलपुरका अध्यक्ष मोतिप्रसाद भुसालद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्र नगरपालिकालाई बुझाईएको हो ।

‘विगतमा भएको बेमौसमी वर्षातका कारणले धानबालीमा भएको क्षतिको आलो घाउ निको हुन नपाउँदै पुनः किसानहरुले हिउँदै बालीमा ठूलो क्षति व्यहोर्नु परेको’ उल्लेख गरि क्षतिपूूर्तिको माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउँदै नगर कमिटी अध्यक्ष भुुसालले बेमौषमी वर्षा र हिउँदे वर्षादका कारण खेती किसानी गरी खाने किसानको अवस्था दिनानुदिन कष्टकर भइरहेको बताए ।


‘लगातारको झरीले क्षति पुगेको किसानको हिउँदै बाली, फलफूल तथा तरकारी खेतीको स्थलगत अध्ययन गरी उचित क्षतिपूर्ति तथा राहत वितरण गर्न हामी तीनै तहका सरकारसँग जोडदार माग समेत पेस गर्ने भन्दै ज्ञापन पत्र बुझाएका हौ’–भुुसालले भने ।

ज्ञापन पत्र बुझदै नगरपालिका प्रमुख लुटबहादुर रावतले आउँदो आइतबार कार्यपालिकाको बैठक बसेर तथ्थांक संकलन गर्ने र नगरपालिकाले किसानको माग सम्बोधन गर्ने पहल गर्ने प्रतिवद्धता जनाए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्युठानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

२१ माघ २०७८, शुक्रबार १९:०४
नेपालगञ्ज : प्युठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एकै परिवारका श्रीमान, श्रीमती र छोरीको मृत्यु भएको छ । गौमुखी गाउँपालिका–६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरुकी ११ वर्षीया छोरी एलिसा खड्काको मृत्यु भएको गौमुखी […]

सम्बन्धित