बर्दियामा ५ सय बढि लागुऔषध प्रयोगकर्ता

सदरलाइन संवाददाता १ असार २०८०, शुक्रबार १६:२०
 

azबर्दिया : परिवर्तन समुह (चेन्ज टिम)को आयोजनामा सुइबाट लागूऔषध प्रयोग प्रयोगकर्ताहरुका लागि सञ्चालित सेभ द चिल्ड्रेनको सहयोगमा एचआइभी एड्स कार्यक्रम अन्तर्गत सरोकारवालाहरु बिच समन्वयात्मक बैठक बर्दियाको गुलरियामा सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा २०६३ मंसिर २५गते संस्था दर्ता भइ स्थापना कालदेखिनै परिवर्तन समुहले बाँके र बर्दियामा लागूऔषध तथा यसको कुलत उपचार पुनस्र्थापनाको साथै यौनरोग सम्बन्धि बिभिन्न क्रियाकलाप संस्थाले गर्दै आइरहेको छ ।

बर्दियाको आठ वटै पालिकामा संस्थाले काम गरिरहेको छ । मधुवन नगरपालिका, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाका क्षेत्र अली संबेदनशिल रहेको बताउँदै बर्दियामा हालसम्म ५ सय भन्दा बढि लागुऔषध प्रयोगकर्ताहरु रहेको र निको भएर जानेको संख्या २७ जना रहेको परिवर्तन समुहकी कार्यक्रम अधिकृत अनु चौधरीले बताइन् । नियमित औषधिको प्रयोग गर्नसके लागुऔषधबाट सहजै छुटकारा पाउन सक्ने चौधरीको भनाइ रहेको छ ।


समाजमा दिनहुुँ बढदै गइरहेको लागू पदार्थको बढदो प्रयोग तथा यसको असरले कैयौं युवाहरुले अकालमा ज्यान गुमाउनुका साथै कुलतमा परेकाहरु विभिन्न रोगको सिकार हुने गरेका छन् । कुलतमा फसेकाहरु घर परिवार तथा समाजबाट राम्रो ब्यवहार पाए उपचारबाट यो रोग निको हुन्छ भन्ने कुरामा आफु बिश्वस्त रहेको र नियमित औषधिको व्यवस्थापन गर्न सक्नेले लागुऔषधबाट सहजै छुटकारा पाउन सक्ने चेन्ज टिमका फिल्ड स्टाफ प्रसन्न ज्ञववालीको धारणा रहेको छ ।

लागू पदार्थ प्रयोगकर्ताले आफुमात्र नभएर समाजमै असर पुर्याइ रहेका हुन्छन् । आजभोली सानै उमेरमा बालबालिकाहरु क्ुलतमा फसेको देख्न सकिन्छ तसर्थ आफना छोरा छोरीको निगरानी अभिभावकले गर्नु पर्ने देखिनै कुरामा जोड दिँदै स्वास्थ्य कार्यालय बर्दियाकी पब्लिक हेल्थ अधिकृत पदमा श्रेष्ठले सबैजना यस तर्फ गम्भिर हुनपर्ने बताइन् ।

समन्वयात्मक बैठक कार्यक्रममा, प्रहरी प्रशासन, स्वास्थ्य कार्यालय, लागुऔषध तथा एचआईभी सम्बन्धि काम गर्ने संस्थाका प्रतिनिधी लगायत सञ्चारकर्मीको उपस्तिथी रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तक्षशिलामा भेजिटेवल क्याम्प सम्पन्न

१ असार २०८०, शुक्रबार १६:२०
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको तक्षशिला एकेडमीले बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई दैनिक जीवनमा प्रयोग हुने तरकारीजन्य बस्तुहरुका बारेमा ब्यबहारिकरुपमा ज्ञान प्रदान दिने दृष्टिले १ दिने भेजिटेवल क्याम्प सम्पन्न गरेको छ । बिभिन्न प्रकारका तरकारीहरु राखिएको प्रदर्शनीमा मौसमी तथा बेमौसमी तरकारीकाबारे जानकारी दिईनुका साथै तरकारीका प्रजातीहरुका अंग्रेजी तथा बैज्ञानिक नाम समेत […]