मुख्य आरोपी बचाउन दबाव दिदै प्रहरी, सुरक्षा र न्यायका लागि भौतारिदै खाँ परिवार

सदरलाइन संवाददाता १९ चैत्र २०७८, शनिबार ११:४८
 


डुडुवा (बाँके) : झोरा सामुदायिक बनमा सालको काठ काट्ने सामुदायिक बनका पदाधिकारीलाई अबैध रुपमा किन काठ काटेको भन्ने प्रश्न गर्दा कुटिएका बाँके डुडुवा–२ जाफरपुरवाका स्थानीय उपभोक्ता समेत रहेका पीडित मुजिबुर रहमान खाँको परिवारले न्याय नपाएको गुनासोसंगै असुरक्षा महशुस गरेका छन् ।

गत चैत्र ३ गते राती झोरा सामुदायिक बनबाट सालको काठ काटेर लग्दै गरेका झोरा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष सब्बीर खाँ, उपाध्यक्ष मोहम्मद अजमल खाँ, हलबलडोलीका वकिल खाँ, जालिम खाँ, ईशराईल खाँ, लियाकत खाँ र असफाक खाँ लगायतका व्यक्तिले अबैध रुपमा काठ काटेर लैजादै गर्दा ‘किन काठ काटेर लैजादै छौ’ भनेर सोधे कै अवस्थामा सो समुहले उनीमाथि निर्घत कुटेको पीडितका दाजु कैयुम खाँले बताए ।

उनले पीडकका नाममा किटानी जाहेरी लिएर जाँदा पनि जिल्ला प्रहरी कार्यालय बाँकेले जाहेरी दर्ता गर्न नमानेको गुनासो गर्दै भने–‘ भाई माथि निर्घात कुुटपिट भएको छ । पीडितको बयानको आधारमा किटानी लिएर जाँदा प्रहरीले जाहेरी दर्ता गर्न मानेन ।’ उनले सरकारी वकिलको कार्यालयमा समेत उजुरी लिएर जाँदा समेत जिल्ला प्रहरी मै फिर्ता पठाई दिएको बताए ।

घटनाको विषयमा पीडितकी श्रीमती जाहिरा बेगमले किटानी जाहेरी दिदा पनि प्रहरीले सो घटनाको मुख्य दोषीलाई नै उन्मुक्ति दिने गरी जाहेरी ल्याउन भनेपछि आफुहरुले न्याय नपाउने अवस्थामा पुगेको गुनासो गरिन । उनले घटनाको बेलामा आफ्ना पतिको मोबाईल, टर्च तथा साथमा रहेको नगद अन्य सामान पनि पीडकले नै खोसेर लगेको आरोप लगाईन । उनले भनिन–‘ मेरो श्रीमानलाई कुट्ने मुख्य आरोपीलाई नै जोगाएर जाहेरी ल्याउ भन्छ प्रहरी । अव हामीले कसरी न्याय पाउन सक्छौ ।’


उनले प्रहरीले मुख्य आरोपीलाई बचाउनको लागि चौतर्फी दबाब र धम्की समेत व्यहोर्नु परेको बताईन । उनले पीडकका तर्फबाट सो घटनाको बारेमा उजुरी नगर्न धम्की आएकोले आफुहरु असुरक्षित महशुस गरेको बताईन । उनले आफ्ना श्रीमानको जीवन रक्षा र आफ्नो परिवारको सुरक्षाको लागि धेरै ठाँउमा धाउदा समेत कसैले पनि वास्ता नगरेको गुनासो गरिन । भारतको लखनउमा उपचारत रहेका उनका श्रीमानको उपचारमा समेत आफुहरुलाई आर्थिक समस्या परेको उनी बताउछिन ।

पीडितले हाल भारतको लखनउमा उपचार गराउदै आएका छन् । उनको शरिर भरी कुटपिटको चोट रहेको उनका दाजुले बताए । उनले डिभिजन बन कार्यालयले समेत अबैध रुपमा काटेको काठ सो काठ ओसार्न प्रयोग भएको साईकल बरामद गरी डिभिजन बन कार्यालय नेपालगञ्जमा ल्याईएको बताए । सो घटनामा संलग्न रहेकाहरु मध्ये केही माथि गत वर्ष पनि कुटपिटको घटनामा संलग्न रहेको अभियोगमा ज्यान मार्ने उद्योगमा मुद्दा रहेको छ ।

यसैबीच बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले पीडितको तर्फबाट आएको जाहेरीमा ‘प्रकृया’ नपुगेकोले दर्ता नभएको र ‘प्रकृया’ पुरा गरेर ल्याउने वित्तिकै दर्ता हुने बताए । उनले घटनामा संलग्न नभएका व्यक्तिलाई मुख्य दोषी बनाएर जाहेरी आएको कारणले पनि दर्ता गर्न असहज भएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्रीलंकामा देशव्यापी संकटकाल घोषणा

१९ चैत्र २०७८, शनिबार ११:४८
एजेन्सी : श्रीलंकामा राषट्रव्यापी संकटकाल घोषणा गरिएको छ । चरम विदेश मुद्रा अभावले महँगी बढ्नुका साथै, इन्धन र विजुलीसमेतको अभाव भएपछि आजैदेखि लागू हुने गरी संकटकाल घोषणा गरिएको हो । श्रीलंकामा अभाव सिर्जना भएसँगै हिंसात्मक आन्दोलनसमेत सुरु भएका थिए । गत बिहीबारमात्रै राजधानी कोलम्बोस्थित राष्ट्रपति गोताबाया राजापाक्षको निवास नजिकै आन्दोलनकारीले […]