सदरलाइनडटकम,
नेपालगञ्ज : दिनबारअनुसार ब्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको बाँके प्रशासनले लकडाउनमा भने कडाई गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी भएर आएदेखि नै आक्रामकरुपमा प्रस्तुत भएका रामबहादुर कुरुम्बाङले अनावश्यक कामका लागि हिँडडुलमा कडाई गरेका छन् ।
प्रशासनको निर्देशनमा नेपालगञ्जका विभिन्न चोकमा खटिएका सुरक्षाकर्मीले सोधपुछ गरेर मात्र सर्वसाधारणलाई हिँडडुल गर्न दिएका छन् । अनवश्यक काममा बजार जानेहरुलाई रोकेर सुरक्षाकर्मीले सवारी साधनको साँचोसमते लिएर दिनभर राख्ने गरेका छन् ।
सुरक्षाकर्मीले मोटरसाइकल, रिक्सा, अटोरिक्सा, साइकल सञ्चालनमा कडाई गरेका छन् । अनावश्यक कामका लागि बजार जाने क्रम बढेपछि सवारी साधनको चावी नियन्त्रणमा लिएर दिनभर राख्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।
