कोरोना संक्रमणबाट भेरी अस्पतालमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता ९ बैशाख २०८०, शनिबार १३:१५
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा शनिवार मृत्यु भएको अस्पतालले जनाएको छ ।


स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पतालमा लगिएको थियो । उनलाई बैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो । उनलाई दमको पनि समस्या थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिला पत्रकारको मेची महाकाली अभियान कोहलपुर पुग्यो

९ बैशाख २०८०, शनिबार १३:१५
नेपालगञ्ज : जातीय भेदभाव निराकरण गर्ने उद्देश्यले महाकाली मेची अभियानमा साइकल यात्रामा निस्कनु भएका महिला पत्रकारलाई कोहलपुरमा स्वागत गरिएको छ । शनिबार कोहलपुरमा दलित मोर्चा तथा अन्य विभिन्न संघसंस्थाहरुद्धारा महाकाली मेची अभियानमा हिँडेका महिला पत्रकारलाई स्वागत गरिएको हो । जातीय भेदभाव निराकरण गर्ने सन्देश फैलाउने र चेतना जगाउने उद्देश्यले महाकाली […]

सम्बन्धित