बलात्कार मुद्दामा बयान बदल्ने महिलालाई ३ महिना कैद

सदरलाइन संवाददाता १८ चैत्र २०७८, शुक्रबार १५:१९
 

दैलेख : बलात्कार गरेको भन्दै उजुरी दिएकी एक २२ वर्षीया महिलाले बयान बदलेपछि जिल्ला अदालत दैलेखले उनलाई तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको छ ।

प्रहरीमा दिएको उजुरीको बेहोरा विपरीत अदालतमा उजुरीकर्ता महिलाले बयान फेरेपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले उनलाई तीन महिना कैद र पाँच हजार जरिवाना तोकेको हो ।


महिलाले गाउँको रिसिबीका कारण उजुरी दिएको भन्दै अदालतमा बयान फेरेको जिल्ला अदालत दैलेखका सूचना अधिकारी टिकाराम न्यौपानेले बताए । राज्यका श्रोत, साधन, र जनशक्तिलाई अनुत्पादक काममा खर्च गराएको भन्दै उक्त सजाय गरिएको फैसलामा उल्लेख छ ।

बलात्कारको आरोप लागेका भगवतीमाई गाउँपालिका–५ का २३ वर्षीय दीपेन्द्र चन्दले सफाइ पाएका छन् । चन्द चार महिनादेखि जिल्ला कारागार दैलेखमा थुनामा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा चैत २३ गतेदेखि टाइफाइडविरुद्धको खोप दिइने

१८ चैत्र २०७८, शुक्रबार १५:१९
नेपालगञ्ज : बाँकेमा आगामी चैत्र २३ देखि २८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइदैँछ । सरकारले राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गरेपछि बाँकेसहित देशभर टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकलपर्शन नरेश श्रेष्ठका अनुसार १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई टाइफाइड विरुद्ध […]