घर छाडेका चारजना बालकलाई परिवारको जिम्मा लगाईयो

२७ कार्तिक २०७६, बुधबार १८:५५
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके)  : इलाका प्रहरी कार्यालय कोहलपुरले गत कत्तिक२० गतेदेखि घर छाडेर भारततर्फ हिडेका ४ जना बालकलाई खेजतालस गरी परिवारको जिम्मा लगाएको छ ।

इप्रका कोहलपुरका ईन्चार्ज हेमबहादुर शाहीले कोहालपुर नगरपालिका वडानं.१२ का १२ वर्षिय प्रकाश बिक, बर्ष ११ को दिपक तिरुवा, बर्ष १३ को श्याम बिक र बर्ष १२ को बिक्की बिकलाई नेपालगन्जको चौलिक्का चोक नजिकै फेलापारी परिवारको जिम्मा लगाइएको बताए ।


उनीहरुका अभिभावकले २० गतेदेखि नै घर छाडेर हिडेको भन्दै खोज तलासको लागि कार्यालयमा निबेदन दिएका थिए । उनीहरुलाई खोजतलास गर्ने क्रममा आज २७ गते भारततर्फ जादै गरेको अवस्थामा नेपालगन्जको चैलिकाचोक नजिकबाट फेला पारीएको प्रहरीले जनाएको छ ।

Next Post

नेपालगञ्जमा लक्ष्मीनारायण साधना शिविर हुने

२७ कार्तिक २०७६, बुधबार १८:५५
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्जमा लक्ष्मीनारायण साधना शिविर हुने भएको छ । सो कार्यक्रम माँ भगवती नारायण सिद्धाश्रम साधक परिवारको आयोजनामा हुने भएको हो । सदगुरुदेव डा. नारायण दत्त श्रीमालीको महाराजद्वारा स्थापित अन्तर्राष्ट्रिय सिद्धाश्रम साधक परिवारको तत्वाधानमा हुन लागेको शिविरमा करिव एक हजार भन्दा बढिको उपस्थिति हुने आयोजकले जनाएको छ । […]

ताजा अपडेट