नेपाली सेनाले डुडुवामा बनायो साइकल ट्रेल

सदरलाइन संवाददाता १२ चैत्र २०७८, शनिबार १३:५५
 

नेपालगञ्ज : नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझाले बाँकेको डुडुवा गाउँपालिकाको वडा नं. ५ मा रहेको बाबुकुवा सामुदायिक बनमा साइकल ट्रेल बनाइदिएको छ ।

नेपालगञ्ज साइक्लिङ ब्लब र बाँके जिल्ला साइक्लिङ संघको सहकार्यमा नेपाली सेनाले बनाइदिएको साइकल ट्रेलको शनिवार भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले उदघाटन गरे । गणपति कार्कीले माउन्टेन बाइकको प्रतियोगिता र अभ्यासका लागि साइकल ट्रेल बनाउनु पाउँदा खुशी लागेको बताए । उनले नेपाली सेनाले यस्ता सामाजिक गतिविधिमा सधैं सहयोग गरिरहेको बताए ।

नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले साइकल ट्रेल बनेसँगै छिट्टै राष्ट्रियस्तरको माउन्टेन बाइक प्रतियोगिता आयोजना गर्ने उदघोष गरे । बाँकेमा माउन्टेन बाइक चलाउने र प्रतियोगितामा समेत भाग लिने धेरै खेलाडी रहेकाले उनीहरुलाई साइकल ट्रेल बनेपछि अभ्यास गर्न सहज भएको बताउँदै उनले नेपाली सेनालाई धन्यवाद दिए ।


यस्तै बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष गगन थापाले बाँकेमा माउनटेन बाइक चलाउनेको संख्या बढिरहेको र साइकल ट्रेल बनेपछि सबै जना उत्साहित भएको बताए ।

नेपाली सेनाले सय जना जनशक्ति लगाएर ५ किलोमिटर दुरीको साइकल ट्रेल बनाइदिएको हो । सामुदायिक बनको झाडी सफाई गरेर साइकल ट्रेल बनाइएको छ । साइकल ट्रेल बनेसँगै अब बाँकेका माउन्टेन बाइक प्रतियोगितामा भाग लिने खेलाडीले नियमित अभ्यास गर्नसक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आर्युेवेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न

१२ चैत्र २०७८, शनिबार १३:५५
नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकाको वडा ४ बद्रिपुरमा निःशुल्क आर्युेवेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । नागरिक आरोग्य सेवा केन्द्र खजुराको आयोजना तथा खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । जनकल्याण माध्यमिक बिद्यालयमा गरिएको एकदिने स्वास्थ्य शिविरमा खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष […]