तीन किलो चरेशसहित बाँकेमाा तीन जना पक्राउ

सदरलाइन संवाददाता १२ फाल्गुन २०७८, बिहीबार १६:११
 

नेपालगञ्ज : बाँकेमा तीन किलो चरेशसहित तीन जना पक्राउ परेका छन् । चरेश बोकेर भारततर्फ गइरहेको बेलामा जमुनाहा नाकाबाट इलाका प्रहरी कार्यालय जमुनाहा र लागु औषधी नियन्त्रण ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सुर्खेत सिमताका वीरेन्द्र हमाल र दिपा बुढा, जाजरकोटका खिमा खत्रीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । दुई महिलाले बोकेको झोलामा कालो प्लाष्टिकले बेरेर चरेश राखिएको थियो ।


कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन हुने चरेश नेपालगञ्ज हुँदै भारत लैजाने गरिन्छ । पक्राउ परेकामाथि जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चन्दननाथ गण मालिका ब्यारेक जाजरकोट विजयी

१२ फाल्गुन २०७८, बिहीबार १६:११
नेपालगञ्ज : भैरवप्रसाद गण, नेपालगञ्जले आयोजना गरेको कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगितामा बिहीवार चन्दननाथ गण, मालिका ब्यारेक जाजरकोट विजयी भएको छ । चन्दननाथले भवानी दल गण, तेघरी ब्यारेक कैलालीलाई ४–१ गोलले पराजित गरेको हो । खेल शुरु भएको ४ मिनेटमै उमेश महतोको गोलले चन्दननाथ गणले अग्रता लिएको थियो । चन्दननाथका […]

सम्बन्धित