शनिवार बाँकेमा सोह्र जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ५ असार २०७८, शनिबार १६:४६
 

नेपालगञ्ज : बाँकेका विभिन्न प्रयोगशालामा परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको छ । शनिवार १ सय २ जनाको परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको हो ।

भेरी अस्पतालमा ५९ जनामा ५ जना, कोहलपुर मेडिकल कलेजमा २५ जनामा १० जना र बागेश्वरी ल्याबमा १८ जनाको परीक्षण गर्दा १ जनामा कोरोना देखिएको छ ।

बाँकेमा सक्रिय संक्रमित ९५ जना रहेका छन् । अस्पताल तथा आइसोलेशन सेन्टरमा ७४ जना रहेका छन् । जिल्लामा २९ जना सिकिस्त, ४५ जना मध्यम र ५ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै शनिवार ८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वडा अध्यक्ष बर्माद्वारा सञ्चालनमा ल्याएको निशुल्क एम्बुलेन्स सेवा स्थगन

५ असार २०७८, शनिबार १६:४६
नेपालगञ्ज : कोरोना संक्रमणको महामारीमा संक्रमितलाई अस्पताल लैजान वा आईशोलेशन पुराउनको लागि नेपालगञ्ज वडा नं. १८ का वडा अध्यक्ष दीपक बर्माको निजी खर्चबाट सञ्चालनमा रहेको निशुल्क एमबुलेन्स सेवा कोरोना संक्रमण घटेपछि सेवा स्थगित गरिएको छ । उनले कोरोना माहामारीको बेलामा संक्रमितलाई अस्पताल जान र घर ल्याउन असहज भएको बेलामा आफ्नै […]