पहाडी तथा हिमाली क्षेत्रमा बिहीवार फागुपूर्णिमा मनाईंदै

सदरलाइन संवाददाता ३ चैत्र २०७८, बिहीबार १४:०२
 

नेपालगञ्ज : पहाडी तथा हिमाली क्षेत्रमा बिहीवार फागुपूर्णिमा मनाईंदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागुपूर्णिमा मनाइन्छ ।

फागुपूर्णिमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एकापसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मीठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ ।

किम्बदन्तीका अनुसार त्रेता युगमा हिरण्यकश्यपुले पुत्रलाई अग्निकुण्डमा राखेर मार्नको निम्ति अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर अग्नि कुण्डमा बसाए ।


तर, अग्निमा बस्दा पनि विष्णु भगवानको प्रार्थना गरेर बसेका प्रह्लादलाई अग्निले भष्म गरेन । उल्टै होलिका भने भस्म भइन् । अन्तमा हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए ।

होलिका दहनकै खुशियाली मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्वक कालदेखि चलिआएको धार्मिक मान्यता छ । बिहीवार पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागु पूर्णिमा शुक्रवार तराई मधेसमा होलीको रुपमा मनाइँदै छ । तर नेपालगञ्ज बिहीवारदेखिनै होलीमय भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित बर्दियामा तीन जना पक्राउ

३ चैत्र २०७८, बिहीबार १४:०२
नेपालगञ्ज : बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुर स्थित नेपाल–भारत सिमानाकाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा प्रहरी चौकी कालीकाको संयुक्त प्रहरीको टोलीले नेपाल–भारत सिमानाकाको बाटोमा दुई जनाको साथबाट ६९ ग्राम प्रतिबन्धित लागुऔसध ब्राउन सुगर सहित […]