सखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

सदरलाइन संवाददाता २६ फाल्गुन २०७८, बिहीबार १२:१९
 

नेपालगञ्ज : सखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

बिहीबार बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो । ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको संखुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको डिएसपी सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जिवितै उद्धार गरिएको छ ।


स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए ।

घाइतेहरुको चैनपुर अस्पतालमा उपचार भइरहेको छ । क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धानबालीमा क्षति व्यहोरेका बाँकेका किसानले क्षतिपूर्ति पाउने

२६ फाल्गुन २०७८, बिहीबार १२:१९
नेपालगञ्ज : गएको असोज–कार्तिकको वर्षाले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसानले क्षतिपूर्ति पाउने भएका छन् । उनीहरुले पहिलो किस्तामा क्षतिको ३६ प्रतिशत रकम पाउने भएका हुन् । जिल्ला विपद व्यवस्थापन समिति बाँकेले माग गरेभन्दा धेरै कम रकम आएपछि किस्तामा राहत रकम दिने निर्णय गरेको छ । बाँकेका ८ वटा पालिकामा ३८ […]