भारतबाट मल ल्याउन दिन बाँके प्रशासन लचिलो

सदरलाइन संवाददाता १४ असार २०७९, मंगलवार १३:१७
 

नेपालगञ्ज : एमाले र राप्रपाले भारतबाट बास्तविक किसानलाई सहज रुपमा मल ल्याउन दवाव दिएपछि बाँके प्रशासनले नाकामा खटिएका सुरक्षाकर्मीलाई बाधा नपुर्याउन निर्देशन दिएको छ ।

राजनीतिक दल र किसानले मल आपूर्ती सहज बनाउन माग गरेपछि आफ्नो खेतवारीमा प्रयोग गर्न भारतबाट मल ल्याउने किसानलाई बाधा नपुर्याउन नाकामा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

उनले खेतिपातीका लागि ल्याउने किसानको पहिचान गरि मल ल्याउने किसानलाई दुख नदिन नाकामा खटिएका सुरक्षाकर्मीलाई सूचना पठाएको बताए । ‘ब्यापारिक प्रयोजनका लागि हो या आफ्नो खेतवारीमा प्रयोग गर्नका लागि हो भन्ने एकिन गरि मल ल्याउन सहज बातावरण बनाउनु भन्ने निर्देशन दिइएको छ,’ उनले भने ।

उनले रासायनिक मल नहुँदा कृषकले धान रोप्न नसकेको गुनासो आएपछि किसानलाई भारतबाट मल ल्याउन केहि खुकुलो गरिएको बताए । भारतबाट मल ल्याउन प्रतिवन्ध रहे पनि ब्यवहारिकता हेरेर यस्तो निर्णय गर्न परेको उनको भनाई छ । ‘हुन त किसानलाई भारतबाट मल ल्याउनुस भन्न मिल्दैन ।


नाकामा खटिएका सुरक्षाकर्मीलाई नरोक्नु भन्ने पनि मिल्दैन, तर किसानको समस्या र ब्यवहारिकता पनि हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘कानूनले नदिए पनि ब्यवहारिकता हेरेर निर्देशन दिनु परेको छ ।

बाँकेका किसानले नेपालगञ्ज, नरैनापुर, डुडुवाको होलिया, हिरमिनिया, खजुराको राधापुर र जानकी गाउँपालिकाको साईगाउँलगायत नाकाबाट रासायनिक मल ल्याउने गरेका छन् । यी नाकाबाट मल ल्याउँदा सुरक्षाकर्मीले दुःख दिने गरेको गुनासो किसानको छ ।

भारतबाट साइकल र मोटरसाइकलमा ल्याएको मल बाँकेको कोहलपुर, बैजनाथ र राप्तीसोनारी गाउँपालिकासम्म पुग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा हत्यालाई दुर्घटनाको रुप दिन खोजिएको खुलासा

१४ असार २०७९, मंगलवार १३:१७
नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिका ४ को एलबीचोकको रत्न राजमार्गमा एक युवकलाई आक्रमण गरी गम्भीर घाइते बनाइ दुर्घटनाको रूप दिन खोजिएको पाइएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले घटनाको जानकारी पाएलगत्तै आक्रमणमा संलग्न चार जना किशोरलाई पक्राउ गरेको छ । सोमवार बिहान २ बजेतिर कुटपिटपछि बीच सडकमा छोडिएका बैजनाथ ६ […]

ताजा अपडेट