सञ्चारमन्त्री बास्कोटाद्वारा एनटिभि कोहलपुरको अवलोकन

२५ जेष्ठ २०७६, शनिबार ०७:२४
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके)  : सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल टेलिभिजनलाई प्रविधि मैत्री बनाए लैजानको लागि यस वर्षलाई रुपान्त्रण वर्षको रुपमा लिएको बताएका छन् ।
नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रको अवलोकन भ्रमणको क्रममा बोल्दै मन्त्री बास्कोटाले नेपाल टेलिभिजनले प्रस्तुत गर्ने विषय बस्तु, प्रविधि, क्षमता शैली, कर्यक्षमतामा रुपान्त्रण गर्दै प्रसारण क्षमता बढाउनुको साथै प्रविधिमा आधुनिकीकरण गर्दै लैजाने कुरामा जोड दिए ।
उनले नेपाल टेलिभिजन सरकारको आधिकारिक भनाई सार्वजनिक गर्ने स्थानको रुपमा नेपाल तथा अन्यले लिने गरेको उल्लेख गर्दै यसको विश्वासनियतालाई कायम राख्दैखरोरुपमा उत्रिनका लागि निर्देशन समेत दिए ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्रले यस क्षेत्रका भाषा भाषी तथा समुदायको भावनालाई मुलुकको मुल प्रवाहमा जोड्न अहम भुमिका खेलेको बताउदै यसको पहुँच बृद्धि गर्दै विषय वस्तुलाई क्रमगत रुपमा सुधार गर्दै लैजने बताए ।
उनले जनताको मन जित्दै स्थानीयलाई अपनत्व हुने गरी प्रशारण केन्द्रले कार्यक्रम तयार गरी प्रशारण गर्ने र प्रविधि संगै पहुँच पनि बढाउदै लगिएको सो अवसरमा मन्त्री बास्कोटालाई जानकारी गराएका थिए ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले कोहलपुर टेलिभिजनले यस क्षेत्रका शिक्षा, संस्कृति, तथा विकास निर्माणका विषयबस्तुलाई थप समेट्नु पर्ने सुझाव दिए ।
कोहलपुर प्रशारण केन्द्रको बारेमा मन्त्री बास्कोटालाई जानकारी समेत गराईएको थियो । मन्त्री बास्कोटा विभिन्न सञ्चार माध्यमको अवलोकन भ्रमण गर्ने क्रममा कोहलपुर प्रशारण केन्द्रमा आईपुगेका थिए ।

Next Post

जिल्ला लिग फुटबलमा नवदुर्गा र बुद्ध विजयी

२५ जेष्ठ २०७६, शनिबार ०७:२४
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिवारदेखि जिल्ला लिग फुटबल शुरु भएको हो । प्रतियोगिताको पहिलो दिन भएको दुई वटा खेलमा नवदुर्गा युवा क्लव कम्दी र बुद्ध युवा क्लव मुक्तिपुर विजयी भएका छन् । नवदुर्गा युवा क्लवले युनाइटेड क्लव […]