हात्तीपाइले विरुद्धको औषधी खुवाउन बाँकेमा अन्तरक्रिया

सदरलाइन संवाददाता २२ फाल्गुन २०७८, आईतवार १६:४६
 

नेपालगञ्ज : स्वास्थ्य कार्यालय, बाँकेले सबैलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउनका लागि विभिन्न व्यक्तित्वसँग आइतवार अन्तरक्रिया गरेको छ । फाल्गुन २८ गतेदेखि बाँकेलगायतका दश जिल्लामा औषधी खुवाइदैछ ।

बाँकेवासीले सन् २०११ देखि हात्तीपाइले रोगविरुद्धको औषधी खाइरहेका छन् । सबैले औषधी नखाइदिंदा १२ औं चरणमा आइपुग्दासम्म बाँकेमा हात्तीपाइले रोगविरुद्धको अभियान सफल हुन सकेको छैन ।

यसपाली सबैलाई औषधी खुवाउन स्वास्थ्य कार्यालयले विभिन्न व्यक्तित्वहरुसँग अन्तरक्रिया गरिरहेको हो । बाँकेको नेपालगन्जमा सबैभन्दा थोरैले मानिसले औषधी खाने गरेका छन् । नेपालगञ्जमा गतवर्ष ४९ प्रतिशतले औषधी खाएका थिए ।

जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले जनप्रतिनिधिले नै औषधी नखाइदिंदा जनताले औषधी नखाएको टिप्पणी गर । उनले यसपाली सबैले मिलेर सबै जनतालाई औषधी खुवाउनु पर्ने बताए ।


प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले राष्ट्रिय अभियानलाई सफल बनाउन सबै लाग्नु पर्ने बताए ।

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले औषधी खानेले खाइरहने र नखानेले नखाने गर्नाले अभियान सफल हुन नसकेको बताए । उनले यसपाली सबैलाई औषधी सेवन गरिदिन आग्रह गरे ।

स्वास्थ्य कार्यालयकी हात्तीपाइले रोगकी फोकलपर्सन दुर्गा गौतमले यसपाली बाँकेमा उचाईका आधारमा तीन थरीका औषधी खुवाउने जानकारी दिइन् । बाँकेमा अहिले ४.१ प्रतिशत हात्तीपाइले रोगका संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा क्यान्सरका विरामीको उपचारको लागि ईन्टरनल रेडियशन थेरापी ‘ब्राक्सी थेरापी’ सेवा सुरु

२२ फाल्गुन २०७८, आईतवार १६:४६
खजुरा (बाँके) : सुशील कोईराला प्रखर क्यन्सर अस्पताल खजुराले पहिलोपटक क्यान्सरका विरामीको उपचारको लागि ईन्टरनल रेडियशन थेरापी ‘ब्राक्सी थेरापी’ सेवा सुरु गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसीले एक कार्यक्रमका बीचमा मेसिनको स्वीच अन गरेर सो सेवाको सुरुवात गरेको अस्पतालका निर्देशक डा. कृष्णप्रसाद आचार्यले जानकारी दिए । सो […]