सञ्चारकर्मी ढकालको हत्या आरोपमा चार पक्राउ

५ माघ २०७५, शनिबार १४:५७
 
तस्बिर : उज्यालो अनलाइन ।

सदरलाइनडटकम,
मकवानपुर : पत्रकार मनोहर ढकालको हत्यामा संलग्न आरोपित दुईजनासहित मोबाइल र सुन खरिद गर्ने अन्य दुईजनालाई प्रहरीले पक्राउ गरी शनिवार सार्वजनिक गरेको छ । हेटौंडा ११ नवलपुर निवासी सञ्चारकर्मी तथा शिक्षक मनोहर ढकालको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको हो ।
हेटौंडा १ भैरवडाँडाको जंगलमा हत्यामा संलग्न हुनेमा हेटौंडा ११ का १९ वर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका वडा नम्बर १ का १८ वर्षीय प्रविण वाइवा रहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराइले बताउनुभयो । प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले दश दिनसम्मको लामो अनुसन्धानपछि हत्यामा संलग्नलाई पक्राउ गरेको हो ।
ढकालको हत्या गरेर बिक्री गर्न ल्याएको मोबाइल खरिद गर्ने व्यवसायी भीमफेदी गाउँपालिका ६ का ३१ वर्षीय दिनेश थापा र सुनको औंठी खरिद गर्ने सुन व्यवसायी हेटौंडा २ का नारायणबहादुर सुनारलाईसमेत प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा घटनाका मूख्य अभियुक्त पुडासैनीले आफूले ढकाललाई कुटपीट गर्दै धकेलेर हत्या गरेको स्वीकारेका छन् ।
हत्यामा संलग्नलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुर अन्तर्ग जन्म कैदसमेत हुनसक्ने व्यवस्था छ । ढकालको पुस २५ गते साँझको समयमा भैरवडाँडाको जंगलमा हत्या भएको थियो ।

Next Post

टि–२० स्म्याशमा नेपाल उपविजेतामै सीमित

५ माघ २०७५, शनिबार १४:५७
सदरलाइनडटकम, काठमाण्डौ : थाइल्याण्ड वुमन्स टि–२० स्म्याशमा नेपाल उपविजेतामा सीमित भएको छ । फाइनलमा आयोजक थाइल्याण्डसँग ७० रनले पराजित भएपछि सिनियर महिला क्रिकेटको पहिलो उपाधि जित्ने नेपालको लक्ष्य पूरा हुन सकेन । १२२ रनको लक्ष्य लिएर दोस्रो इनिङ शुरु गरेको नेपालका कुनै पनि ब्याट्सवुमन क्रिजमा जम्न सकेनन् । पहिलो ओभरमा […]