खजुरामा क्यान्सरका विरामीको उपचारको लागि ईन्टरनल रेडियशन थेरापी ‘ब्राक्सी थेरापी’ सेवा सुरु

सदरलाइन संवाददाता २२ फाल्गुन २०७८, आईतवार १८:०८
 


खजुरा (बाँके) : सुशील कोईराला प्रखर क्यन्सर अस्पताल खजुराले पहिलोपटक क्यान्सरका विरामीको उपचारको लागि ईन्टरनल रेडियशन थेरापी ‘ब्राक्सी थेरापी’ सेवा सुरु गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसीले एक कार्यक्रमका बीचमा मेसिनको स्वीच अन गरेर सो सेवाको सुरुवात गरेको अस्पतालका निर्देशक डा. कृष्णप्रसाद आचार्यले जानकारी दिए ।


सो सेवाको सुरुवात बर्दियाकी एक क्यान्सर पीडित महिलालाई सेवा दिएर सुरुवात गरिएको हो । क्यान्सरबाट ग्रशित विरामीको उपचारमा ईन्टरनल रेडियशन थेरापी दिनको लागि यो प्रविधि उत्तम मानिने र विरामीलाई अवस्था हेरेर ३ पटकसम्म दिन सकिने अस्पतालका निर्देशक डा आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले कोहलपुर वडानं. ५ को भेला सम्पन्न

२२ फाल्गुन २०७८, आईतवार १८:०८
कोहलपुर (बाँके) :  नेकपा एमाले कोहलपुर वडा नं. ५ वडा पार्टी कमिटीको भेलाले निर्वाचन केन्द्रीत कार्यक्रम लिएर टोल–टोल पुग्ने भएको छ । वडा कमिटीका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो भेलाका सहभागिले वडामा भएका विकास निर्माणको लेखाजोखा, भावी योजनाका बारेमा छलफल भएको हो । नकपा एमाले प्रदेश कमिटी सदस्य […]