दाङ : दाङको लमही–कुईरेपानी सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ ।
सडक डिभिजन कार्यालय दाङले सूचना जारी गर्दै सो सडकखण्ड मर्मत गर्नुपर्ने भएकाले फागुन २२ गते देखि ३० गतेसम्म दैनिक ९ घण्टा बन्द हुने जनाएको छ ।
कार्यालयका अनुसार बेलुकी ७ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिने भएको छ । आठ दिनसम्म दैनिक सवारी आवागमन पूर्ण रुपमा बन्द गरी सडक मर्मत गरिने सडक डिभिजन कार्यालयले जनाएको छ ।