खजुरा (बाँके) : नेपालगञ्ज–गुलरिया रोड अन्तरगत बाँकेको खजुरा बजारको मनकमना चोक (हालै पृथ्विचोक नामाकरण गरिएको) स्थानमा अज्ञात समूहले नोएमसिसि लेखेर राखेको प्रेसर कुकर बम नेपाली सेनाले निष्कृय पारेको
छ ।
चोकमा रहेको राष्ट्रिय झण्डा मुनी ईटले छोपेर राखिएको प्रेसर कुकरमा रातो अक्षरले ‘नोएमसीसी’ लेखिएको अबस्तामा बम राखिएको स्थानीयले देखेपछि बिहान ७ बजे जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मधुस्ूधन न्यौपाने जानकारी दिए ।
चोकमा रहेको राष्ट्रिय झण्डा मुनी सो बम राखिएपछि नेपालगञ्ज–गुलरिया सडकखण्ड बिहान सवा ११ बजेसम्म अबरुद्ध भएको थियो । नेपाली सेनाको नंम्बर ४ बाहिनी अड्डा, भैरवप्रसाद गण इमाम नगर राँझा ब्यारेकबाट सुबेदार थानेश्वर पोखरेलको नेतृत्वमा घटनास्थल पुगेको टोलीले बम निष्कृय पारेको थियो ।
सो टोलीले बिहान ११ः४ मिनेटमा विष्फोट गराई बम निष्कृय पारेको हो । खजुराको बजारमा नै बम राखेपछि स्थानीय बिहानैदेखि त्रसित बनेका थिए । बम डिस्पोज गरेसंगै बिहानैदेखि अबरुद्ध भएको नेपालगञ्ज गुलरिया सडक सुचारु भएको छ । घटनाको अनुसंधान सुरु भएको प्रहरीले जनाएको छ ।