बाँकेको नरैनापुर गाँउपालिकाबाटै श्रम स्वीकृति

सदरलाइन संवाददाता ५ श्रावण २०८०, शुक्रबार १५:०२
 

नरैनापुर (बाँके) : बाँकेका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया शुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था शुरु भएको हो ।

जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा शुरु भएको छ ।

श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ ।

सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिनेछ ।

नरैनापु गाउँपालिकाले शुक्रबारदेखि यो काम शुरु गरेको छ । गाउँपालिकाका रोजगार संयोजक मकबुल अहमद मुकेरीका अनुसार मन्त्रालयको परिपत्रअनुसारनै उक्त काम सुरु गरिएको हो ।

वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि काठमाण्डौ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत उक्त सेवा पाउने मुकेरीले बताए ।

“यसअघि अन्यत्रै गएर यस सम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झण्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो तर अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज हुन्छ”, उनले भने । नरैनापुरबाट पहिलो दिनमा ३ जनाले उक्त सेवा लिएका छन् ।


श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने मुकेरीले उनले भने ।

सम्बन्धित व्यक्तिले सो स्वीकृति लिनुपूर्व सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष र बीमाका लागि तिर्नुपर्ने रकम आफूहरुले मोबाइल बैंकिङबाट तिरेर सहजीकरण गरिदिने गरेको उनको भनाइ छ ।

“मोबाइल बैंकिङ हुने र जान्नेले आफैँ तिर्नु भए पनि हुन्छ, नभए हामीहरुले सहजीकरण गरिदिएर उनीहरुसँग उक्त रकम लिने गरेका छौँ”, उनले भने ।

कल्याणकारी कोषका लागि रु एक हजार पाँच सय, बीमाका लागि उमेरअनुसारको शुल्क तिर्नुपर्ने हुन्छ भने सामाजिक सुरक्षा कोषको पैसा नलाग्ने संयोजक मुकेरीले बताए ।

उक्त सबै काम भए पनि अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने र उहाँहरुलाई स्वीकृति भएको मोबाइलमा पठाइदिने व्यवस्था मिलाइएको छ ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिने मन्त्रालयको अनुमतिपश्चात् वैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिले व्यक्तिगत र पुनः श्रम स्वीकृतिका लागि रोजगार केन्द्रमा सम्पर्क गर्न सकिने नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा भेटिएको शवको पहिचान खुल्यो

५ श्रावण २०८०, शुक्रबार १५:०२
कोहलपुर (बाँके) : शुक्रबार बिहान कोहलपुर बसपार्क नजिकै भेटिएको शवको पहिचान खुलेको छ । कोहलपुर नगरपालिका ११ मा रहेको छोटो दुरीको बसपार्क नजिकै एक बृद्धको शव भेटिएको थियो । उक्त शव बैजनाथ गाँउपालिका ६ पार्बतिपुर घर भएका ऐन बुढा छेत्री रहेको प्रहरी स्रोतले जनाएको छ । शवलाई नेपालगञ्ज मेडिकल कलेज […]

सम्बन्धित