विद्यापीठका विद्यार्थीले वनाए ‘च्यवनप्राश’

२९ माघ २०७५, मंगलवार १६:४४
 

सदरलाइनडटकम,
दाङ : दाङको विजौरीमा रहेको नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठका बिद्यार्थीहरुले च्यवनप्राश तयार पारेका छन् । उत्तर माध्यमा दोस्रो र तेस्रो बर्षका बिद्यार्थीहरुले डेढ महिना लगाएर उक्त च्यवनप्राश बनाएका हुन् । मंगलवार एक कार्यक्रम गरि उत्पादन भएको च्यवनप्राशका बारेमा जानकारी गराईएको थियो ।
क्याम्पसका प्राचार्य माधव अधिकारीको अध्यक्षता एबम् तुतसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्य एवं आयूर्वेद अध्यान संस्थानका डिन प्राध्यापक डा.सञ्जय पोख्रेलको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा वक्ताहरुले दाङको गौरवको विषय भएकोले अव यस प्रकारका च्यवनप्राशलाई टेष्ट गरि उत्पादनमा जोड्न आग्रह गरेका थिए ।
अब किताबी ज्ञान मात्र नभई बिद्यार्थीलाई ब्यावहारिक ज्ञान पनि दिनुपर्ने समेत बक्ताहरुले बताएका थिए । ५४ प्रकारका जडिवुटिवाट तयार गरिएको उक्त च्यवनप्राशमा चाँदी वर्क र मकरध्वजका रशायनहरुको पनि मिश्रण गरिएको वताइएकोछ । अंधिकांश कार्यक्रममा जडिवुटि भारतवाट ल्याउनु परेकोले पनि यहाँको मूल्यमा केहि कम पर्न गएको विद्यार्थीहरुको भनाइ रहको छ । १८० किलो उत्पादन गरिएको उक्त स्पेशल च्यवनप्राशमा प्राध्यापक डा. सुनिल कुमारको अथाह प्रयास र विद्यार्थीको लगनशिलले ९० हजार लागतमा वनेको विद्यार्थीको भनाई रहको छ ।
कार्यक्रममा प्रमुख अतिथि पाण्डेले अव यस क्षेत्रमा आयूर्वेदको सम्भावना रहेकोले हाम्रा यहाँका जडिवुटि टनका टन छिमेकी मुलुकमा गैरहेका छन् । त्यसलाई रोक्न र यहि उत्पादनमा जोड्नका लागि आफू लागेको वताएका छन् । त्यसै गरि विशिष्ठ आतिथिको आसनवाट वोल्दै प्राध्यापक डा. डिन पोख्रेलले अव यस क्षेत्रलाई आयुर्वेदको हव वनाउन सकिने प्रचुर सम्भावन रहेको भन्दै यसको लागि संवन्धित निकायले पहल गर्न आग्रह गरे ।

Next Post

गस्तीका लागि प्रहरीलाई साइकल प्रदान

२९ माघ २०७५, मंगलवार १६:४४
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ ले अस्थायी प्रहरी पोष्टका लागि साइकल प्रदान गरेको छ । वडा कार्यालयले नगर भवनस्थित प्रहरी पोष्टका लागि १४ हजार बराबरको दुई वटा साइकल मंगलवार एक समारोहबीच प्रदान गरेको हो । वडाको वजेटबाट प्रहरीलाई गस्ती गर्न सहजताका लागि साइकल सहयोग गरिएको वडा कार्यालयले […]