चितुवाको छालासहित तीनजना पक्राउ

सदरलाइन संवाददाता १६ फाल्गुन २०७८, सोमबार ११:०८
 

नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिकामा चितुवाको छालासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।


बैजनाथ गाउँपालिका–५ बाट चितुवाको छालासहित स्थानीय यमबहादुर विश्वकर्मा तथा बर्दियाको मधुवन नगरपालिकाका आकाश परियार र लालबहादुर विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार, पैदल हिँडिरहेका उनीहरुलाई शङ्का लागेपछि जाँच गर्दा चितुवाको छाला भेटिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेर थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा दुई जनामा मात्र कोरोना पुष्टि

१६ फाल्गुन २०७८, सोमबार ११:०८
नेपालगञ्ज : बाँकेमा ३९ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज वलीका अनुसार, भेरी अस्पतालमा २१ जनाको परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको छ । कोहलपुर मेडिकल कलेजमा ८ र बागेश्वरी ल्याबमा १० जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना पुष्टि […]