बाँकेलाई पूर्ण खोपयुक्त जिल्ला बानाउने अभियान चुनौतीपूर्ण

१४ पुष २०७३, बिहीबार ०७:५८
 

सदरलाइनडटकम   
१४ पुस, नेपालगन्ज : बाँकेलाई आगामी एक वर्षभित्र पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न निकै चुनौती देखिएको छ । सरकारले आगामी २०७४ पुस १६ गतेभित्र नेपाल पूर्ण खोपयुक्त देश घोषणा गर्ने तयारी गरे पनि बाँकेमा भने निक्कै चुनौती देखिएको हो ।
जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने लक्ष्य सहित बाँकेमा पनि बिभिन्न अभियानहरु सन्चालन भइ रहेकोको भएपनि नेपालगन्ज उप–माहानगरपालिका र कोहलपुर नगरपालिका जस्ता शहरी क्षेत्र मै खोप कार्यक्रम निक्कै चुनौती रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाईजर देविराम पौडेलले बताए ।
उनले भने,–‘जनचेतनाको कमी, खोप सम्बन्धी भ्रमका कारण शहरीक्षेत्र मै कभरेज राम्रो छैन् ।’ पौडेलका अनुसार , बाँकेका पांँच गाविसहरु बैजापुर, चिसापानी, सितापुर, कम्दी र टिटिहिरिया गाविसलाई पूर्ण खोपयुक्त गाविसको रुपमा घोषणा भइसकेका छन् ।
बाँकेका २८ वटा गाविससंगै, नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिकालाई पूर्णखोप युक्त बनाउन बांँकी छ । विभिन्न कारणले जिल्लाको नेपालगन्ज उप–महानगरपालिका, बेतहनी, लक्ष्मणपुर, कालाफांटा जस्ता गाविसहरुमा खोपको कभरेज अत्यन्त कम छ भने यि गाविसहरुमा नियमित खोप खुवाउनेहरुको संख्या पनि कम रहेको जनस्वास्थ्य कार्यालय बाँंकेका खोप सुपरभाईजर पौडेलले स्पष्ट पारे ।
आगामी एक वर्षभित्र जिल्लालाई पूर्णखोपयुक्त बनाउनका लागि कार्यायोजना बनाइएको जिल्ला खोप समन्वय समितिका अध्यक्ष समेत रहेका बांँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले बताए ।
बुधवार मात्र समितिको बैठक समेत पूर्णखोपयुक्त जिल्ला बनाउनका लागि कसरी काम गर्न सकिन्छ भन्ने बिषयमा बृहद छलफल भएको
छ । प्याकुरेलले सरकारी, गैरसरकारी निकाय, सर्वसाधारणहरुको प्रयासबाट मात्र जिल्लाको अभियान सफल हुने बताउदै भने,–‘सबैक्षेत्रलाई परिचालन गर्न लागिपरेका छौं । चुनौतीहरुको सामना गरेर अघि बढ्छौं ।’
खोप अभियानलाई सफल बनाउन धार्मिकगुरुहरु पनि परिचालन गरिने भएको छ । बिभिन्न समाजमा खोप प्रति रहेको अन्धबिश्वास हटाउनका लागि धार्मिकगुरुहरुको परिचालन सहायक सिद्ध हुने अपेक्षा गरिएको छ ।
खोप सुपरभाईज पौडेलका अनुसार यसैक्रममा जिल्लामा १० वटा खोप केन्द्रका लागि घरहरु समेत निर्माण गरिने छ । अहिले रुखमुनी खोप केन्द्र सञ्चालन भइरहेका छन् । ‘तर अब दुई कोठाको भवन बनाउन लागि परेका छौं । यसले अभियान सफल पार्न सहयोग मिल्ने छ ।’– खोप सुपरभाईजर पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीन दिनभित्र दलहरुले सहमति नगरे संसद प्रक्रियामा अघि बढ्छ : सभामुख

१४ पुष २०७३, बिहीबार ०७:५८
सदरलाइनडटकम ,  १४ पुस, काठमाडौं : व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीमगरले प्रमुख राजनीतिक दललाई तीन दिनभित्र सहमति गर्नको लागि अल्टिमेटम दिएकी छिन् । बिहीबार रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेका क्लबका प्रतिनिधिहरुको ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीमगरले आजको तीन दिनभित्र दलहरुले सहमति जुटाउने विश्वास आफूले लिएको बताईन् । उनले […]