बाँकेमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको उपचार कै क्रममा मृत्यु !

२ भाद्र २०७७, मंगलवार ०८:४१
 

नेपालगञ्ज :  बाँकेमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको उपचार कै क्रममा मृत्यु भएको छ । उनमा कोरोना लक्षण देखा परेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–५ का ६२ वर्षका पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

गत ३० साउनमा कोरोनाको लक्षण देखिएपछि ३२ साउनमा उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए । उनको ३२ गते नै स्वाब लिएर कोरोना परिक्षणको लागि पठाईएको थियो ।

भदौ १ गते सोमबार दिउँसो ३ बजे उनी कोरोना पोजेटिभ भएको रिपोट आएको थियो । सोमबार राति ११ः४० बजे अस्पतालमा उपचार गर्दा गर्दा उनको मृत्यु भएको कोरोना फोकलपर्सन श्रेष्ठले पुष्टि गरे । उनलाई दुबै फोक्सोमा निमोनिया भएको थियो ।


यसअघि नरैनापुर गाउँपालिका–५ मा २५ वर्षका युवा, बैजनाथ गाउँपालिका–६ कि ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका–२ की ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

बाँकेमा ७ सय ३८ जना कूल कोरोना संक्रमित रहेकोमा मंगलबार डिस्चार्ज हुने १३ जनासहित चार सय ६८ जना निको भइसकेका छन् । आइसोलेसनमा उपचार गराइरहेको संक्रमितको संख्या भने दुई सय ६३ छ ।

 

 

Next Post

बाँकेमा थप तेह्र जना कोरोनामुक्त

२ भाद्र २०७७, मंगलवार ०८:४१
नेपालगञ्ज : बाँकेमा मंगलवार थप १३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । जिल्ला कारागार बाँकेका ७ जना कैदी र वडा प्रहरी कार्यालय नेपालगञ्जका ६ जना प्रहरी कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कृषि तालिम केन्द्र खजुरा आइसोलेशनमा रहेका उनीहरुलाई […]

सम्बन्धित