पछिल्लो २४ घण्टामा ४ जनामा मात्र कोरोना

सदरलाइन संवाददाता १५ फाल्गुन २०७८, आईतवार १६:१३
 

नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा ४ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ३ र एन्टिजेन परीक्षणमा १ जना गरी ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको पीसीआर ल्याबमा ३ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।


यस्तै जमुनाहा नाकामा ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएका सबै जिल्ला बाहिरका हुन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९२८ पुगेको छ ।

यस्तै थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ५६२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा पौने तीन लाखको अवैध लत्ताकपडा बरामद

१५ फाल्गुन २०७८, आईतवार १६:१३
नेपालगञ्ज : सशस्त्र प्रहरीले नेपालगञ्ज नाकाबाट लाखौं रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आइतवार बिहान ४ बजे नेपालगञ्ज १५ पिप्रहवा नाकाबाट अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण […]