सदरलाइनडटकम,
काठमाण्डौ : ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भीषण वर्षासँगै आएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । उद्धारकर्मीहरुले जमिनमा माटोमा पुरिएको अवस्थामा एक जना ३७ वर्षीय पुरुषको शव भेटिएपछि ज्यान गुमाउनेको संख्या ४२ पुगेको हो ।
उद्धारकर्मीका अनुसार पहिरोमा अन्य ३६ जना हराइरहेका छन् । गुआरुजाको पहाडी इलाकाका पुराना घरहरु वर्षासँगै सुरु भएको पहिरोले बगाएको थियो । गत सातादेखिनै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन् । (एजेन्सी)
