नेपालगञ्ज भन्सारमा डेढ करोडको एक्सरे मेशिन प्रयोगविहीन

सदरलाइन संवाददाता १२ फाल्गुन २०७८, बिहीबार १५:१८
 

नेपालगञ्ज : सरकारी लगानीमा खरिद गरिएको डेढ करोड मूल्य बराबरको मेशिन नेपालगञ्ज भन्सार कार्यालय जमुनाहामा प्रयोगविहीन अवस्थामा रहेको छ ।

करिब ५ वर्षअघि खरिद गरी ल्याइएको ब्याग एक्सरे मेशिन सञ्चालनका लागि दक्ष जनशक्तिको अभावमा प्रयोगमा आउन नसकेको हो ।

सीमा सुरक्षाका लागि महँगोमा खरिद गरिएको सो मेशिन प्रयोगमा आउन नसक्दा सरकारको लगानी बालुवामा पानीझैं भएको छ । तर, नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीले भने भन्सारलाई प्रविधिमैंत्री बनाउन लागिएको बताए ।

यसको प्रयोगका लागि भन्सारले पनि अहिले खासै चासो देखाएको छैन। भन्सार कार्यालय जमुनाहा नाकाभन्दा टाढा र भित्र परेको हुँदा पनि मेशिन कार्यालय परिसरमा राख्नुको विकल्प देखिँदैन ।


नेपाल–भारत सीमामा दैनिक हजारौंको संख्यामा सर्वसाधारणको आवतजावत हुने गरेको छ । जमुनाहा नाकाबाट विभिन्न प्रकारका अवैध क्रियाकलाप हुने गरेता पनि त्यसका लागि भने कुनै सुरक्षात्मक प्रविधि नरहेको बताइएको छ ।

प्रहरी, भन्सार कार्यालयका कर्मचारी र सशस्त्र प्रहरीको नजरमा जे देखियो, त्यो नै सही वा गलत हुने गरेको स्थानीय बताउँछन् । जसले गर्दा समानका बीच भागमा लुकाइछिपाइ लगिने र अवैध सामान नेपाल भित्रिने गरेका छन् ।

भौतिक पूर्वाधारको अवस्था नाजुक रहेका कारण यहाँका भौतिक संरचना मर्मतदेखि निर्माणसम्मको काम भइरहेको भन्सार कर्मचारी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीन किलो चरेशसहित बाँकेमाा तीन जना पक्राउ

१२ फाल्गुन २०७८, बिहीबार १५:१८
नेपालगञ्ज : बाँकेमा तीन किलो चरेशसहित तीन जना पक्राउ परेका छन् । चरेश बोकेर भारततर्फ गइरहेको बेलामा जमुनाहा नाकाबाट इलाका प्रहरी कार्यालय जमुनाहा र लागु औषधी नियन्त्रण ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सुर्खेत सिमताका वीरेन्द्र हमाल र दिपा बुढा, जाजरकोटका खिमा खत्रीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । […]

सम्बन्धित