प्रेस सेन्टर बाँकेमा धिताल

२० श्रावण २०७३, बिहीबार १३:२०
 

सदरलाइनडटकम111
२० साउन, नेपालगन्ज : माओवादी केन्द्र निकट प्रेस सेन्टर बाँकेको अध्यक्षमा डक्ट धिताल निर्वाचित भएका छन् । नेपालगन्जमा आएको तेस्रो जिल्ला सम्मेलन तथा एकता भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो ।
उपाध्यक्षहरुमा केशव राना, आलम खान र कृष्ण ओली चयन भएका छन् । यसैगरी सचिवमा संगिन शर्मा, सहसचिवमा विद्या चौधरी र कोषाध्यक्षमा तिलक विक, सदस्यहरुमा विपिन खड्का, सुदिप लामिछाने, सुभाष गुप्ता, सरीता पुन र राजकुमार चौधरी रहका छन् । ३ जना कार्यसमितिले थप गर्ने बताईएको छ ।
यसअघि भएको उद्दघाटन सत्रको उद्दघाटन सेन्टरका ५ नं. प्रदेश संयोजक सचिन रोकाले उद्दघाटन गरेका थिए । सो कार्यक्रमलाई पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरे, जिल्ला अध्यक्ष रुद्र सुवेदी, प्रेस युनियनका उप–महासचिव प्रेम केसी चौतारीका सचिव कमल डाँगी, राष्ट्रिय व्यापार संगठनका बसन्त लामिछाने लगायतले सम्बोधन गरेका थिए ।
सम्मेलनको उद्दघाटन सत्रमा लामो समयदेखि प्रेस सेन्टरमा रहेर संगठनमा योगदान दिने नरेन्द्रजंग पिटर, भिम रावत, सुशील शर्मा, तिलक नेपाली, चिरञ्जिवि वली र सिराज खानलाई सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पोखरीमा डुवेका युवकको २४ घण्टापछि शव भेटियो

२० श्रावण २०७३, बिहीबार १३:२०
सदरलाइनडटकम २० साउन, नेपालगन्ज : नेपालगन्जको कारकाँदो पछाडिको बाबाकुट्टी तलाउमा डुवेर एक युवक वेपत्ता भएको २४ घण्टापछि शव पेलापरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले दिएको जानकारी अनुसार नेपालगन्ज–२४ का १७ वर्षिय मोहम्द सफिक अन्सारीको पौडि खेल्न पोखरीमा पसेको अवस्थामा डुबेर बेपत्ता भएका थिए । दिउसो […]

सम्बन्धित