बाँकेमा ७ संक्रमित थपिए, ७ डिस्चार्ज

सदरलाइन संवाददाता १२ फाल्गुन २०७८, बिहीबार १३:५६
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ६ र एन्टिजेन परीक्षणमा एकजना गरी ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ४ र बागेश्वरी ल्यावमा २ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।


यस्तै जमुनाहा नाकामा ३१७ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा भाइरस संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएका सबै जिल्ला बाहिरका हुन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९२३ पुगेको छ ।

यस्तै थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ५५२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज भन्सारमा डेढ करोडको एक्सरे मेशिन प्रयोगविहीन

१२ फाल्गुन २०७८, बिहीबार १३:५६
नेपालगञ्ज : सरकारी लगानीमा खरिद गरिएको डेढ करोड मूल्य बराबरको मेशिन नेपालगञ्ज भन्सार कार्यालय जमुनाहामा प्रयोगविहीन अवस्थामा रहेको छ । करिब ५ वर्षअघि खरिद गरी ल्याइएको ब्याग एक्सरे मेशिन सञ्चालनका लागि दक्ष जनशक्तिको अभावमा प्रयोगमा आउन नसकेको हो । सीमा सुरक्षाका लागि महँगोमा खरिद गरिएको सो मेशिन प्रयोगमा आउन नसक्दा […]