विद्यार्थी सवार टिप्पर दुर्घटना हुँदा तीन विद्यार्थी सहित चारको मृत्यु

सदरलाइन संवाददाता ९ फाल्गुन २०७८, सोमबार १८:४५
 

बैतडी : बैतडीको पाटन नगरपालिका– ३ गरुडामा बा ३ ख ४८७९ नम्बरको टिप्पर दुर्घटना हुदा तीन विद्यार्थी सहित चार जनाको मृत्यु भएको छ । भने ६ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा पाटन नगरपालिका– ३ का ४५ वर्षीय जनकराज पन्त, सोही ठाउँका १२ वर्षीय विद्यार्थी ज्ञानु विष्ट र १७ वर्षीय ललीत विष्ट अवस्थी रहेको इलाका प्रहरी कार्यालय, पाटनका इन्सपेक्टर राजेश शाहले बताए । शाहका अनुसार सोही ठाउँका १२ वर्षीय राजेशराज पन्तको उपचारका लागि डडेल्धुरा लग्दै गर्दा बाटोमै मृत्यु भएको छ ।


घाइते ६ जनालाई डेल्धुरा अस्पताल पठाईएको छ । निर्माण व्यवसायीको टिप्परमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेला टिप्पर दुर्घटना भएको प्रहरीले जनाएको छ। टीप्परमा सिगास माबिका विद्यार्थीहरु रहेको बताईएको छ ।

टिप्परमा करीब १०–१२ जना विद्यार्थी चढेर घर फर्किदै गरेको स्थानीयले बताएको भएपनि अहिले सम्म घाइते र मृतक गरि १० जनामात्रै खुलेको छ । यस अघी स्थानीयले ७ जनाको मृत्यु भएको जानकारी दिएको भएपनि त्यसलाई प्रहरीले अपुष्ट खबर भनि ४ मृत्यु आधिकारिक भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बार्दियाका ठाकुरबाबामा दश वर्षे शिक्षा योजना निर्माण कार्यशाला शुरु

९ फाल्गुन २०७८, सोमबार १८:४५
बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाले शिक्षा क्षेत्रको दश वर्षे योजना निर्माण सम्बन्धी तीन दिने कार्यशाला शुरु गरेको छ । ठाकुरबाबा नगरपालिकाको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको सहकार्यमा नगरभित्रका शिक्षासँग सम्बन्धित क्षेत्रहरुका व्यक्तिको उपस्थितिमा सोमबारदेखि शुरु भएको हो । ठाकुरबाबा नगर प्रमुख घननारायण […]