सन्तानेश्वर महादेव जाने पर्यटकलाई अध्यक्ष शाहद्वारा भव्य स्वागत

सदरलाइन संवाददाता ९ माघ २०७९, सोमबार १४:४९
 

नरैनापुर (बाँक) : नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर महादेवको मन्दिरको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नरैनापुर–६ कोहलामा भव्य स्वागत गरिएको छ ।

सोमबार सन्तानेश्वर महादेव मन्दिरको दशर्नको लागि गएका ६५ जना कोहलपुरका तिर्थयात्रीलाई स्वागत गरिएको हो ।


सन्तानेश्वर महादेव मन्दिर जान तिर्थालुलाई कोहलामा निर्माण गरिएको प्रवेशद्वारमा पुगेर नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, वडा नं १ का अध्यक्ष इसाक जोलाह, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, योजना शाखा प्रमुख प्रकाश अधिकारी, स्वकिय सचिव बिरजेन्द्र यादव, धिरज खड्का, नरहरिनाथ योगी लगायतले स्वागत गरेका थिए । नरैनापुर गाउँपालिका भित्रिएका पर्यटकहरुलाई गाउँपालिका अध्यक्ष शाहले फुल र पानी दिएर स्वागत गरेका थिए ।

पर्यटकहरुसंग कुरा गर्दै अध्यक्ष शाहले मन्दिर जाने रोडको निर्माण नहुँदा २ घण्टा पैदल हिँडेर जाने समस्याको अन्त्यका लागि पालिकाले योजना निर्माण गरेर अगाडि बढिरहेको बताउँदै छिट्टै पूर्वाधार निर्माण सुरु गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थारू संस्कृति संरक्षणमा सहयोगी बन्दै चाडपर्व

९ माघ २०७९, सोमबार १४:४९
कञ्चनपुर : थारू समुदायका चाडपर्वमा आयोजना हुने कार्यक्रमले कञ्चनपुरमा संस्कृति संरक्षणमा योगदान पुर्याएको छ । माघी, दशैं लगायतका चाडपर्वमा आयोजना हुने संस्कृतिसँग सम्बन्धित कार्यक्रमले युवा पिढीलाई पुराना संस्कृति सिक्ने अवसर प्राप्त हुने गरेको छ । माघी मिलन लगायका कार्यक्रमले थारु समुदायका परम्परागत परिकार, पहिरन, गहना, नृत्य र गीतहरूको संरक्षणमा योगदान […]