हिंसाका कारण अफ्रिका र सिरियाका चार करोड मानिस विस्थापित

२८ बैशाख २०७६, शनिबार १६:३१
 

सदरलाइनडटकम,
काठमाण्डौ : शरणार्थीहरुको हितमा वकालत गर्ने एक प्रमुख समूहले अफ्रिकाका विभिन्न देश र सिरियामा चार करोड १० लाख मानिसहरु आफ्नो देशबाट विस्थापित भएको अनुमान गरेको छ । विस्थापित हुनेहरु मध्ये धेरै हिंसा, संघर्ष र आन्तरिक कारणले आफ्नो देश छोड्न बाध्य भएका हुन् । विस्थापित शरणार्थीहरुको यो संख्या नयाँ रेकर्ड हो ।
‘आन्तरिक विस्थापनसम्बन्धी निगरानी केन्द्रको एक वैश्विक रिपोर्टका अनुसार, सन् २०१८ मा विस्थापित भएका मानिसहरुको संख्या पछिल्लो केही वर्षको तुलनामा झण्डै १० लाखले धेरै हो,’ ‘नर्वेजन रिफ्यूजी काउन्सिल’ ले भनेको छ । रिपोर्टका अनुसार, गएको वर्ष हिंसा, संघर्ष र प्राकृतिक विपत्तिका कारण २ दशमलव ८ करोड बढी मानिसहरु विस्थापित भएका थिए ।
प्रतिकुल मौसमी घटनाका कारण १ दशमलव ७ करोड मानिसहरु विस्थापित भएको अनुमान गरिएको छ । शुक्रवार जारी गरिएको यो रिपोर्ट आन्तरिक रुपबाट विस्थापित मानिसमा केन्द्रित छ । तर यो रिपोर्टले आफ्नो देश छोडेर बाहिर गएका शरणार्थीहरुलाई भने समेटेको छैन ।
(एजेन्सी)

Next Post

‘विज्ञान र प्रविधिको मार्फत नेपाललाई समृद्धिको दिशामा लैजाउ’

२८ बैशाख २०७६, शनिबार १६:३१
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालका वैज्ञानिकहरुले विज्ञान र प्रविधिको उपयोग गर्दै नेपाललाई समृद्धिको दिशामा लैजाने कुरामा जोड दिएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको सहकार्यमा आयोजना गरेको ३ दिने बैज्ञानिक लेखनबृत्ति सम्बन्धित तालिमको उद्दघाटन गर्दै सो कुरामा जोड दिएका हुन । उनीहरुले नेपालगन्जमा आयोजित एक […]