बाघको आक्रमणमा परेर चलाउनेको मृत्यु

सदरलाइन संवाददाता ७ फाल्गुन २०७८, शनिबार ११:४६
 


राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका वडानं. ६ फत्तेपुर गुलरीका ६० बर्षीय धनबहादुर चलाउनेलाई बाघले आक्रमण गरेको छ ।

राप्ती पीडित सामुदायिक बन ढलहियामा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार ८ बजेतिर झम्टेर लगेको स्थानीय प्रदिप पौडेलले जनाएका छन् ।


प्रहरीको टोली र स्थानीयहरुले खोजतलाश गर्दा १० बजे मात्रै शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । केही दिन यता बाँकेमा बाघको आक्रमण बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका विद्यार्थीलाई हिमानी कोषको सहयोग

७ फाल्गुन २०७८, शनिबार ११:४६
नेपालगञ्ज : हिमानी कोषको आयोजनामा नेपालगञ्जमा सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरिएको छ । कोषको आयोजनामा शनिबार नेपालगञ्जमा भएको कार्यक्रममा पुर्व अधिराजकुमारी प्रेरणा राज्य लक्ष्मी सिंह र पूर्व शाहज्यादी दिलाशा राज्य लक्ष्मी राणाले तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पानी स्वतः प्रशोधन हुने बोतल र मास्क हस्तान्तरण गरेका हुन् । नेपालगञ्ज […]

सम्बन्धित