बन्दको अवज्ञा गरेको भन्दै बाँकेमा एक गाडीमा तोडफोड

सदरलाइन संवाददाता ४ फाल्गुन २०७८, बुधबार १६:१७
 

नेपालगञ्ज : अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा आव्हान गरिएको बन्द अवज्ञा गरेको भन्दै बाँकेमा एउटा गाडीमाथि तोडफोड भएको छ ।

बन्द अवेज्ञा गरेको भन्दै पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको बैजनाथस्थित बनकटवा चोकमा बुधवार विहान सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयको ००१ झ ४०१ नम्बरको गाडिमा तोडफोड भएको हो ।


यस्तै नेपालगञ्जबाट तीनजना बन्दकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जबर्जस्ति बन्द गराउँदै हिडेका नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रीय सदस्य सलमान राई, जिल्ला अध्यक्ष अजित प्रसाद र बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता वसन्त खत्रीलाई गणेशमान चोकबाट नियन्त्रणमा लिइएको बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए ।

उता बन्द गराउँदै हिंडेको आरोपमा प्रहरीले विप्लव निकट अखिल क्रान्तिकारीका दाङ जिल्ला अध्यक्ष मनोज थापा र थारु मुक्ती मोर्चाका जिल्ला सदस्य अशोक चौधरीलाई दाङको भालुवाङबाट नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसीसीको विरोधमा नेपालगञ्जमा प्रदर्शन

४ फाल्गुन २०७८, बुधबार १६:१७
नेपालगञ्ज : माओवादी निकट अखिल क्रान्तिकारी र वाइसिएल नेपालले एमसीसीको विरोधमा बुधवार नेपालगञ्जमा प्रदर्शन गरेका छन् । एमसीसी राष्ट्रघात भएको भन्दै उनीहरुले यसलाई संसदबाट अनुमोदन गर्नु दुर्भाग्यपूर्ण हुने बताए । ¥यालीसहित जिल्ला प्रशासन कार्यालय अगाडी भएको विरोध प्रदर्शनलाई सम्वोधन गर्ने नेताहरुले एमसीसी खारेज गर्नुपर्ने माग गरेका थिए । अखिल क्रान्तिकारीका […]