एमसीसीको विरोधमा नेपालगञ्जमा प्रदर्शन

सदरलाइन संवाददाता ४ फाल्गुन २०७८, बुधबार १६:२९
 

नेपालगञ्ज : माओवादी निकट अखिल क्रान्तिकारी र वाइसिएल नेपालले एमसीसीको विरोधमा बुधवार नेपालगञ्जमा प्रदर्शन गरेका छन् । एमसीसी राष्ट्रघात भएको भन्दै उनीहरुले यसलाई संसदबाट अनुमोदन गर्नु दुर्भाग्यपूर्ण हुने बताए ।

¥यालीसहित जिल्ला प्रशासन कार्यालय अगाडी भएको विरोध प्रदर्शनलाई सम्वोधन गर्ने नेताहरुले एमसीसी खारेज गर्नुपर्ने माग गरेका थिए ।


अखिल क्रान्तिकारीका नगर सचिव रतन शाहीले संसदबाट एमसीसी पास गराए आफुहरु चुप लागेर नबस्ने र थप सशक्त आन्दोलन चर्काउने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बुधवार १८ जनामा कोभिड पुष्टि

४ फाल्गुन २०७८, बुधबार १६:२९
नेपालगञ्ज : बाँकेमा बुधवार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट १६ र एन्टिजेन परीक्षणबाट २ गरी १८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । भेरी अस्पतालको पीसीआर ल्यावमा ३, कोहलपुर मेडिकल कलेजमा १२ र बागेश्वरी […]