कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ

सदरलाइन संवाददाता १३ मंसिर २०७९, मंगलवार १३:२०
 

नेपालगञ्ज : कञ्चनपुरमा प्रहरीले लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–३ का ४६ वर्षीय कर्ण विक, मोरङको विराटनगर उपमहानगरपालिका ६ जामुनगाछी घर भई हाल गोदावरी २ अत्तरिया बजारमा होटलमा काम गर्ने ३३ वर्षीय राकेश कोइराला र कृष्णपुर गरपालिका ९ राजघाट बस्ने २४ वर्षीया अञ्जु भन्ने चन्द्रवती कपड्याल रहेका छन् ।


कंचनपुरको बेलौरी नगरपालिका–७ बाट अटोमा सवार उनीहरूलाई २.९१ ग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

उनीहरू सवार सु.प्र.प.०१ ००१ ह २८१२ नम्बरको अटो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘दाङको समृद्धिका लागि भुमिका खेल्ने छौ’

१३ मंसिर २०७९, मंगलवार १३:२०
दाङ : दाङ क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभामा नव निर्वाचित सदस्यहरुले जिल्लाको समृद्धिको लागि भुमिका खेल्ने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । सबै मिलेर जिल्लाको समृद्धिमा अगाडि वढनु पर्ने उनीहरुको भनाइ रहेको थियो […]