होम आइसोलेशनमा बसेकालाई विशेषज्ञ सेवा दिइने

सदरलाइन संवाददाता १ जेष्ठ २०७८, शनिबार ११:५८
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले नेपाल चिकित्सक संघ भेरीको सहकार्यमा हरेक वडामा होम आईसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई विशेषज्ञ सेवा उपलब्ध गराउने भएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाको अनुरोधका आधारमा संघले नगरका सबै २३ वटै वडाका लागि चिकित्सकलाई जिम्मेवारी दिएको छ । उपमहानगरपालिकाको वडामा रहेका स्वास्थ्य फोकलपर्सनहरुले सुरुमा होम आईसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिनेछन् ।

आवश्यकता अनुसार उनीहरुको विरामीको बारेमा वडामा जिम्मेवारी पाएका चिकित्सकहरुसँग सम्पर्क गर्ने छन् । शनिबार चिकित्सक र स्वास्थ्य फोकलपर्सनहरुबीच अन्तरक्रियात्मक छलफल भएको छ ।


कार्यक्रममा मेयर डा. धवलशम्शेर राणाले वडाका स्वास्थ्यकर्मीहरुलाई नियमित चिकित्सकसँग सहकार्य गर्न आग्रह गर्दै सहयोगका लागि चिकित्सक संघलाई धन्यवाद ज्ञापन गरे । यसबारे समुदायस्तरमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहज हुने बताए । उपमहानगरपालिकाद्वारा सञ्चालित आईसोलेसन, हेल्थडेस्कलाई पनि प्रभावकारी बनाउन बैठकमा छलफल भयो ।

डा. राजन पाण्डेले जनस्वास्थ्यका प्रोटोकल अनुसार महामारी नियन्त्रणमा जुट्न स्वास्थ्यकर्मीहरुलाई अनुरोध गरे । सामाजिक सञ्जालका सबै सूचनालाई सत्य नमान्न भन्दै उनले संक्रमणदर र मृत्युदर घटाउन लाग्नुपर्नेमा जोड दिए ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले नगरमा महामारी रोकथाम र नियन्त्रणको अभियानलाई थप व्यवस्थित बनाउन चिकित्सक र स्वास्थ्यकर्मीबीचको समन्वव बैठक गरिएको बताए । छलफलमा चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्ण, डा. रोमा बोहरा, नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोभिडका विरामीलाई खाना खुवाउँदै एमाले बाँके

१ जेष्ठ २०७८, शनिबार ११:५८
नेपालगञ्ज : नेकपा एमाले बाँकेले शनिबारदेखि शिक्षण अस्पताल कोहलपुरमा उपचाररत विरामी र उनीहरुका कुरुवालाई लक्षित गरि सहुलियतदरमा खाना खुवाउने कार्य शुरुवात गरेको छ । कोभिड–१९ लाई लक्षित गर्दै एमाले बाँकेले खाना खुवाउने कार्य शुरु गरेको जिल्ला अध्यक्ष अशोक कोइरालाले जानकारी दिए । हरेक दिन विहान र बेलुका ३० रुपैयाँमा खाना […]