साहित्यकार तारानाथ शर्माको निधन

सदरलाइन संवाददाता ३ फाल्गुन २०७८, मंगलवार १२:५४
 

काठमाडौं : साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । डिमेन्सिया (बिर्सने रोग), उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्माको मंगलबार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता समेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् ।


२०२६ सालको मदन पुरस्कार विजेता शर्माको मंगलबार मध्याह्न १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा। डा। जगमान गुरुङले जानकारी दिए । उनको शवलाई घरबाट प्रतिष्ठानमा नल्याई सिधै पशुपति आर्यघाट लैजाने कार्यक्रम रहेको उनले बताए ।

शर्माको निधनप्रति मदन पुरस्कार गुठीले पनि श्रद्धाञ्जली अर्पण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टिपरको ठक्करबाट महिलाको ज्यान गयो

३ फाल्गुन २०७८, मंगलवार १२:५४
दाङ : दाङको देउखुरीमा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । राप्ती गाउँपालिका–१ पाखापानीमा टिपरको ठक्करबाट दूध बेच्न हिँडेकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । रा १ क १२८६ नम्बरको टिपरले ठक्कर दिँदा राप्ती गाउँपालिका–२ कटेशनालाकी ३५ वर्षीया डिला पौडेलको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भालुबाङले […]

सम्बन्धित

ताजा अपडेट