जुवाखालबाट पाँच जना पक्राउ

२१ माघ २०७४, आईतवार १९:२६
 

सदरलाइनडटकम 

 २१ माघ, सुर्खेत  : जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवाखालबाट पाँच जनालाई पक्राउ गरेको छ । गस्तीमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–९ स्थित दैलेखी टोलबाट उनीहरूलाई पक्राउ गरेको हो ।


प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीका अनुसार ३९ वर्षीय गगन रावल, ४२ वर्षीय बलबहादुर राना, ५३ वर्षीय जंगबहादुर थापा, ४० वर्षीय जीवन श्रेष्ट र ४५ वर्षीय रामबहादुर थापा पक्राउ परेका हुन् ।

पक्राउ परेका पाँच जनाबाट १५ हजार ६ सय तीस रूपैयाँ नगदसहित तीन गड्डी ताससमेत बरामद गरिएको छ । उनीहरू माथि थप आनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Next Post

महोत्सवमा विद्यार्थीद्वारा सञ्चालित स्टलमा खाजा खानेको भिड

२१ माघ २०७४, आईतवार १९:२६
सदरलाइनडटकम  २१ माघ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा कारकाँदो सडक विभागको परिसरमा सञ्चालनमा रहेको प्रादेशिक महोत्सव–२०७४ को स्टलनं. ११ र १२ मा खाजा खानेहरुको घुईचो लाग्ने गरेको छ । ईमराल्ड कलेज अफ अप्लाईड म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीले सञ्चालनमा ल्याएको सो स्टलमा कलेजका विद्यार्थीहरुले आफुले कलेजमा पढेको ज्ञान र सीपलाई […]