सुदूरपश्चिमका तीन जिल्लाका नाका साँझदेखि खुल्ने

सदरलाइन संवाददाता २ फाल्गुन २०७८, सोमबार १३:५३
 

नेपालगञ्ज : सुदूरपश्चिमका तीन जिल्लाका नाकाहरु सोमवारदेखि खुल्ने भएका छन् । बन्द गरिएका दार्चुला, कञ्चनपुर र बैतडीका नेपाल–भारत सीमानाका आजबाट खुल्ने भएका हुन् ।

यसअघि छिमेकी मुलुक भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनलाई लक्षित गर्दै नाका बन्द गरिएको थियो । निर्वाचन सुरक्षाका लागि भन्दै दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र बैतडीको झुलाघाट नाका बन्द गरिएका थिए ।


बन्द भएका नाका आज साँझ ६ बजेदेखि खुल्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खाल्डोमा डुबेर बाँकेमा एक बालिकाको मृत्यु

२ फाल्गुन २०७८, सोमबार १३:५३
नेपालगञ्ज : खाल्डोमा डुबेर बाँकेमा एक बालिकाको मृत्यु भएको छ । जानकी गाउँपालिका–४ मुनिजर पुरुवास्थित चाँद इँटा उद्योग नजिकै पानी जमेको खाल्डोमा डुबेर भारत पुरमपुर घर भई सोही उद्योगमा काम गर्ने जाहिद शाहका एक वर्षीया छोरी सबिना शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले […]