खजुरा गाउँपालिका मंगलवार बालबिवाह मुक्त घोषणा हुँदै

सदरलाइन संवाददाता २ फाल्गुन २०७८, सोमबार १३:१४
 

नेपालगञ्ज : बाँकेमा पहिलो बाल बिवाह मुक्त वडा घोषणा गरेको खजुरा गाउँपालिकाले पुर्ण गाउँपालिकालाई नै बालबिवाह मुक्त घोषणा गर्ने भएको छ । गाउँपालिकाले वडा नम्बर ३ बाट बाल बिवाह मुक्त घोषणा गर्न शुरु गरेको थियो । हाल सम्म वडा नम्बर ३, १, ५ र ६ बालबिवाह मुक्त घोषणा भइसकेका छन् ।

बाँकी रहेका चार वटा वडालाई पनि घोषणा गर्न लागिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । फागुन ३ गते घोषणा हुन बाँकी चारवटा वडा सहित गाउँपालिकालाई नै एक समारोहका विच बालबिवाह मुक्त घोषणा गर्न लागिएको अध्यक्ष कक्षपतिले बताए ।

खजुरा गाउँपालिकाका वडाहरुलाई बालबिवाह मुक्त घोषणा गर्नका लागि निति र कानुनी व्यवस्था हेरिएको, पालिकाअन्तर्गतका वडामा एक वर्षको अवधिमा बिवाह दर्ताको तथ्यांक हेरिएको, प्रहरी कार्यालयमा बालबिवाहविरुद्ध परेका उजुरी र बाल बिवाहबारे पालिकाका सबै टोल बस्तीमा सर्भेक्षण गरेर बाल विबाहबारे सर्वसाधरणको बुझाई र बाल बिवाहको घटना खोजी गरिएको महिला तथा बालबालिका शाखाका प्रमुख शुसिला न्यौपानेले जानकारी दिइन् ।

गाउँपालिकाले बालबिवाह मुक्त अभियान सञ्चालन निर्देशिका २०७८ बनाएर सोही बमोजिम वडाको जम्मा बिवाह दर्ताको २० प्रतिशत भन्दा कम बालबिवाह भएको पाइएपछि बालबिवाह मुक्त घोषणा थालेको हो ।


खजुराका ८ वटै वडाहरुमा आर्थिक वर्ष ०७७÷७८ देखि हालसम्म १ वर्षको अवधिमा ५९६ वटा विवाह दर्ता भएको छ । सर्भेक्षणका क्रममा गाउँपालिकामा ५९ वटा बालबिवाह भएको पाइएको महिला तथा बालबालिका शाखाका प्रमुख न्यौपानेले जानकारी दिइन् । यसमा पनि जम्मा बालबिवाहको प्रतिशत १०.४४ रहेको छ । इलका प्रहरी कार्यालय धनौलीमा बालबिवाहका एक वटा उजुरी पनि परेको छैन ।

खजुराका ८ वटै वडाका जम्मा जनसंख्या ५० हजार ९ सय ६२ मध्य १५ सय ६ घरधुरिमा सर्वेक्षण गरिएको गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले जानकारी बताइन् ।

खजुरामा धार्मिक गुरुहरुले बालबिवाह गराउन छाडेको प्रतिशत ७७.३९ रहेकोमा यसलाई सय प्रतिशत पुर्याउन धार्मिक गुरुहरुसगं समन्वय भइरहेको र उहाँहरुपनि सकारात्मक देखिनुभएको उपाध्यक्ष विकले जानकारी दिइन् ।

मंगलबार फागुन ३ गते पन्चेबाजा सहित र्याली निकालिने र चार वटै वडालाई एक समारोहमा बाल बिवाह मुक्त घोषणा गरे लगतै गाउँपालिकालाई पनि बालबिवाह मुक्त घोषणा गरिने कार्यक्रम तय भएको योजना अधिकृत दिल बहादुर पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिमका तीन जिल्लाका नाका साँझदेखि खुल्ने

२ फाल्गुन २०७८, सोमबार १३:१४
नेपालगञ्ज : सुदूरपश्चिमका तीन जिल्लाका नाकाहरु सोमवारदेखि खुल्ने भएका छन् । बन्द गरिएका दार्चुला, कञ्चनपुर र बैतडीका नेपाल–भारत सीमानाका आजबाट खुल्ने भएका हुन् । यसअघि छिमेकी मुलुक भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनलाई लक्षित गर्दै नाका बन्द गरिएको थियो । निर्वाचन सुरक्षाका लागि भन्दै दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र बैतडीको झुलाघाट […]

सम्बन्धित