नेपालगन्जको उप–मेयरमा सबैपर्टीबाट महिला कै चार्चा

९ बैशाख २०७४, शनिबार १८:०६
 

सदरलाइनडटकम 
७ बैशाख, नेपालगन्ज : प्रदेश नंं.५ को सबैभन्दा ठूलो र पुरानो सहर नेपालगन्जमा स्थानीय तहको निर्वाचन नजिकिदैं जाँदा नेपालगन्ज उप–महानगरपालिकाको प्रमुखको चर्चामा लागि रहदा उत्तिकै जिम्मेवारीमा रहने उप–मेयरका प्रत्यासी हुन ईच्छुक प्रत्यासीले आफ्ुहरु माथि विभेद गरिएको गुनासो गरेका छन् ।
नेपालगन्ज उप–महानगरपालिकाको उपमेयरका लागि अधिकांश पार्टीले महिलालाई अघि सार्ने लक्षण देखाएका छन् । एमाले बाँकेले अनेमसंघ केन्द्रीय सदस्य तथा एमाले प्रदेश नं. ५ कि सदस्य शान्ति ढकाल, युवा व्यावसायी रचना श्रेष्ठ र एमाले बाँके सचिवालय सदस्य तुल्सा थापालाई विभिन्न चरणको छनौट प्रक्रिया पार गर्दै जिल्ला कमिटीमा पठाएको छ ।
ढकाल यसअघि २०७० को संविधान सभामा सूचीमा रहेकी उम्मेदवार हुन भने युवा व्यावसायी श्रेष्ठ लामो समयसम्म नेपालगन्ज उद्योग बाणिज्य संघमा नेतृत्वदायी भूमिकामा रहकी महिला नेतृ हुन ।
सत्तारुढ नेपाली काँग्रेसबाट नेपाल महिला संघ बाँकेकी अध्यक्ष नारायणी रुपाखेती, नेपाली काँग्रेस जिल्ला कार्यसमित बाँकेकी सदस्यसमेत रहेकी सञ्चारकर्मी उमा थापामगर, ऋचा द्विवेदी, माया पुनमगर, रत्ना राणा, कमला भट्ट, भारती जोशी, पुष्पा शुक्लालगायतको नाम चर्चामा छ । उमा २०७० सालको संविधान सभामा बन्द सूची भित्र रहेकी उम्मेदवार हुन ।
त्यसैगरी माओवादी केन्द्रको तर्फबाट पार्वती पुन ‘उषा’, शिला श्रेष्ठ र सर्वतारा अन्सारीको नाम सिफारिस भएको छ । राप्रपाबाट नेपालगन्जको उप–मेयरमा पार्टीबाट कसैको पनि सिफारिस नभए पनि मधेशी नेतृ सन्तोषी सिंंह, बिन्दु चर्तिमगर, बिष्णु सिंह ठकुरी र इन्द्रिरा शाहीको दावेदारी रहेको बुझिएको छ । पार्टी निकट स्रोतका अनुसार मधेशी मूलकी महिला उठाउने गरी तयारी अगाडि बढाएको छ ।
यसैगरी राष्ट्रिय जनमोर्चाबाट उपमयेरमा माला केसीलाई उम्मेदवार बनाउने निधो गरेको छ । मधेशी मोर्चा आन्दोलनमा होमिएको कारण यो नै उम्मेदवार भनेर छनौट गरी नसकेको मोर्चा निकट नेताहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले नेता विजय गुप्ता भन्छन : टिकट पाए मेरो जित्ने आधार प्रसस्त छन

९ बैशाख २०७४, शनिबार १८:०६
सदरलाइनडटकम    : स्थानीय तह निर्वाचन–२०७४ को तिथि नजिकिदै गर्दा नेपालगन्ज उप–महानगरपालिकाको मेयरको प्रतिश्पर्दामा एमालेका विजय गुप्ताको नाम चर्चाको शिखरमा छ । एमालेको केन्द्रीय उद्योग व्यापार विभागका सदस्य समेत रहेका गुप्ता माडवाडी समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्ति हुन । बाणिज्य शास्त्रमा कलकत्ताबाट २०४० सालमा स्नातक गरेका गुप्ताले २०४० बाटै जयटे«ड सेन्टर मार्फत […]