बुधवार बाँकेसहित देशभर चैते दशैं पर्व मनाईंदै

सदरलाइन संवाददाता १५ चैत्र २०७९, बुधबार १३:१७
 

नेपालगञ्ज : बुधवार बाँके लगायत देशभर चैते दशैं पर्व मनाईंदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ ।

दशैंका अवसरमा बाँकेको बागेश्वरी र बर्दियाको केदारेश्वर धाम मन्दिरमा लगायत अन्य विभिन्न मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।

संस्कृतिविदहरुका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैंहरूमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्रमात्र छन् ।


आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्तप्रायः छन् । तर यी सबै दशैंहरूको आ–आफ्नै विशेषताहरू छन् । यी दशैंहरुमा पूजा गरिने देवीहरू एउटै भए पनि त्यसको विधि र प्रक्रिया भने भिन्दाभिन्दै रहेको संस्कृतिविद् विनोदराज शर्मा बताउँछन् ।

शर्माका अनुसार राष्ट्रिय अभिलेखालयमा रहेका विभिन्न प्रमाणहरूको आधारमा मध्यकालमा चारवटै दशैं धुमधामका साथ मनाउने गरिएको साहित्यिक प्रमाण पाउन सकिन्छ । शर्मा भन्छन्, ‘राष्ट्रिय अभिलेखालयमा रहेका पुष्पिका वाक्यहरूमा शारदीय नवरात्र, ग्रीष्मकालीन नवरात्र, वसन्तीय नवरात्र र शिशिरकालीन नवरात्र र त्यसक्रममा भएका विभिन्न गतिविधिको उल्लेख पाइन्छ । यसले मध्यकालमा सर्वसाधारणले समेत धुमधामका साथ चारवटै दशैं मनाउने गरेको प्रमाण दिन्छ ।’

अहिले पनि सात्विक पञ्चबली मानेर कुभिण्डोलाई राँगाको प्रतीक, बिमिरोलाई बोकाको प्रतीक, उखुलाई कुखुराको प्रतीक, अदुवालाई हाँसको प्रतीक र मुलालाई भेँडाको प्रतीकको रूपमा देवीदूर्गालाई चढाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानलाई बाँकेसँग जोड्न बबईमा मोटरेवल पुल

१५ चैत्र २०७९, बुधबार १३:१७
नेपालगञ्ज : सल्यान जिल्लालाई बाँके जिल्लासँग जोड्नका लागि बबई नदीमा मोटरेवल पुल निर्माण थालिएको छ । कर्णाली प्रदेशलाई लुम्विनी प्रदेशसँग जोड्ने खलंगा–कालीमाटी–चप्परगौडी सडकअन्तर्गत पर्ने बबई नदीमा पुल निर्माण थालिएको हो । सल्यान–कोहलपुर जोड्ने छोटो मार्गका रुपमा रहेको यस सडकको ट्रयाक खोल्ने काम भए पनि स्तरोन्नति र बबई नदीमा पुल नहुँदा […]